प्राइम भिजनका विद्यार्थीद्वारा “National Culinary Challenge 2026” मा प्रभावशाली प्रस्तुति

  • जेठ ४, २०८३
  • ३ पटक पढिएको
  • छाल खबर

धरान ।

प्राइम भिजन इन्टरनेशनल कलेज धरानले राष्ट्रिय स्तरको प्रतिष्ठित पाककला प्रतियोगिता दाेस्ाे “2nd National Culinary Challenge 2026” मा उत्कृष्ट सहभागिता जनाउँदै धरानको नाम राष्ट्रिय स्मतरमा राख्रन  सपफल भएकाे छ ।
क्ष्लतभचलबतष्यलब िल्भउबभिकभ ऋजभा क्यअष्भतथ द्वारा आयोजित उक्त प्रतियोगितामा धरानबाट सहभागी हुने एकमात्र विद्यार्थी टोली प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीहरू रहेका थिए।
प्रतियोगिताका क्रममा कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको पाककला कला, सिर्जनात्मकता तथा व्यावसायिक प्रस्तुतीले अन्तर्राष्ट्रिय निर्णायक मण्डल तथा जुरी सदस्यहरूलाई अत्यन्त प्रभावित बनाएको थियो। उनीहरूको उत्कृष्ट प्रदर्शनपछि अन्तर्राष्ट्रिय जज तथा उपस्थित शेफहरूले स्ट्यान्डिङ ओभेसन दिएर सम्मान प्रकट गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण बनेको थियो कलेजका सेफ कबिन राई र सेफ सबिन थापा मगरद्वारा तयार गरिएको विशेष फल नक्काशी कला। उनीहरूले तरबूजामा विश्वप्रसिद्ध सेलिब्रेटी शेफ न्यचमयल च्बmकबथ, नेपालका पहिलो एक्जिक्युटिभ लिजेन्डरी शेफ न्यखष्लमब ल्बचबकष्लनजब प्ऋ तथा मास्टर सेफ क्बष् प्गmबच क्जबचmब को आकर्षक पोर्ट्रेट अबचखष्लन प्रस्तुत गरेका थिए।
उक्त कला कार्यक्रमभरि नै सबैको ध्यानको केन्द्र बनेको थियो। विभिन्न देशका शेफ, निर्णायक तथा अतिथिहरूले प्राइम भिजन इन्टरनेशनल कलेजका शेफहरूको सिर्जनशीलता, मेहनत र कलात्मक प्रतिभाको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा उपस्थित धेरै शेफहरूले यस्तो स्तरको ाचगष्त अबचखष्लन कला नेपालमा दुर्लभ रहेको प्रतिक्रिया दिएका थिए।
कलेजका सीईओ अभिषेक श्रेष्ठले विद्यार्थीहरूको सफलताले धरानको शैक्षिक तथा आतिथ्य क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाएको बताउँदै भने, “हाम्रा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र सिर्जनशीलताले हामी अत्यन्त गौरवान्वित भएका छौं। प्राइम भिजन इन्टरनेशनल कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा अन्तर्राष्ट्रिय स्तरको सीप विकासमा निरन्तर जोड दिँदै आएको छ। आगामी दिनमा पनि विद्यार्थीहरूलाई विश्वस्तरीय अवसर र प्लेटफर्म उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहनेछ।”
प्राइम भिजन इन्टरनेशनल कलेजले फेरि एकपटक आतिथ्य तथा पाककलाको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा धरानको गौरव बढाएको छ।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic