छाल खवर
धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२०८३ मा को उपाधी सुनाखरी एकेडेमी धरानले हात पार्न सफल वनेको छ ।
शुक्रबार सम्पन्न खेलमा सुनाखरी एकेडेमी बिजयी बनेको हो ।
सुनाखरी एकेडेमीको प्राङ्गणमा सम्पन्न फाइनल खेलमा आयोजक सुनाखरीले डिपोट सेकेन्डरी स्कुललाई २१–७ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा १२ वटा टिमको सहभागिता रहेको थियो।
उपाधिसँगै विजेता सुनाखरी एकेडेमीले नगद ११ हजार रुपैयाँ, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेको थियो भने उपविजेता डिपोट सेकेन्डरी स्कुलले नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी सुनाखरी एकेडेमीका बिक्रम श्रेष्ठ घोषित भएका थिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै विशेष ट्रफी समेत प्राप्त गरे।
प्रतियोगिताको समापन समारोहमा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई, सहायक प्रिन्सिपल अशोक लिम्बू तथा प्लस टु कोअर्डिनेटर टप कुमार राईले विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार, ट्रफी र प्रमाण–पत्र वितरण गरेका थिए।
विद्यालयस्तरमै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic