धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

  • वैशाख १५, २०८३
  • २ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन हुँदै आएको चर्चित ‘एसइई स्पिकर’ कार्यक्रम यस वर्षदेखि नगरस्तरीय रूपमा धरानमै केन्द्रित हुने भएको छ।

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सिर्जनात्मक बनाउँदै उनीहरूमा आत्मविश्वास, व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एसइई स्पिकर सिजन–६’ आयोजना गर्न लागिएको आयोजकले धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

२०७८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यसअघि प्रदेशस्तरीय रूपमा विस्तार गरिएको थियो। तर सहभागी व्यवस्थापन, यात्रा कठिनाइ र निरन्तरता चुनौती बनेपछि यस वर्षदेखि कार्यक्रमलाई धरानमै सीमित गरिएको र्‍याडिकल लाइट नेपाल प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।

उनका अनुसार, “धरान तथा बाहिरी जिल्लाबाट सहभागितामा देखिएको कठिनाइ र गुनासोलाई मध्यनजर गर्दै यस वर्ष कार्यक्रमलाई धरान केन्द्रित गरिएको हो।”

कार्यक्रमका विगत पाँच संस्करणमा विभिन्न प्रतिभाले उपाधि जितेका थिए। सिजन–१ मा धरानका दीपेन भण्डारी, सिजन–२ मा बराहक्षेत्र चतराकी एलिसा थापा, सिजन–३ मा भरौलकी एन्जिला कार्की, सिजन–४ मा धरानकी ममता तामाङ र सिजन–५ मा झापाका आविष्कार राउत विजेता बनेका थिए।

यस वर्षको सिजन–६ मा मूल्याङ्कन प्रणालीलाई थप परिष्कृत गरिएको छ। कुल १०० पूर्णाङ्कमध्ये ७५ अंक वक्तृत्व प्रस्तुतिबाट र २५ अंक ‘नमुना संसद्’ अभ्यासबाट प्रदान गरिनेछ। यसमार्फत विद्यार्थीहरूलाई सामाजिक शिक्षा अन्तर्गत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा विधेयक निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने लक्ष्य राखिएको छ।

प्रतियोगिताको छनोट चरण यही वैशाख १८ गते सम्पन्न हुने आयोजकले जनाएको छ।

विजेताले नगद रु। १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, फस्ट रनरअपले रु। ७ हजार, सेकेन्ड रनरअपले रु। ३ हजार र थर्ड रनरअपले रु। १ हजार ५ सय नगदसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन्।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic