धरानको मेयरमा एमालेबाट पूर्व मेयर सहित ११ जना र उपमेयरमा ६ जना आकांक्षीहरुको नाम सिफारिस

  • चैत २७, २०७८
  • ७,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ चैत ः नेकपा एमाले धरान नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मेयर उपमेयर पदका लागि आकांक्षीहरुको नाम सिफारीस गरेको छ ।

धरान उपमहानगरपालिकको मेयरमा ११ जना आकांक्षीहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार आइतवार बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्बो,वर्तमान उपप्रमुख मन्जु भन्डारी,उप निर्वाचन २०७६ का प्रत्याशी प्रकाश राई, मीन सुब्बा,विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ ।

मेयरमा सिफारिश हुने उम्मेद्वारका आकांक्षीहरु मध्ये भण्डारी पार्टीको केन्द्रीय सदस्य हुन भने मनोजकुमार मेन्याङ्बो, पूर्व नगर प्रमुख हुन भने पार्टीको प्रदेश कमिटी सदस्य हुन ।

त्यसैगरी अर्का आकांक्षी प्रकाश राई उप निर्वाचन ३०७६ मा पराजित उमेद्वार हुन भने पार्टी जिम्मेवारीमा भने प्रदेश सदस्य हुन । अर्का आकांक्षी मिनकुमार सुव्वा पूर्व नगर उपप्रमुख हुन भने पार्टीको सुनसरी क्षेत्र नं १ का अध्यक्ष हुन ।

यता संचारकर्मी किशोर कुमार कार्की पनि नगर प्रमुखको लागि सिफारीस भएकाछन् । कार्की पार्टीको प्रदेश कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल उपाध्यक्ष समेत हुन ।

सिफारीस भएकाहरुमा प्रदेश सदस्य विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई रहेकाछन् ।

यस्तै, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज नारायण सुवेदी, जिल्ला सदस्य राजमणी निरौला जिल्ला कमिटी सदस्य र पूर्व जिल्ला कमिटी सदस्य तीर्थ मास्के रहेकाछन् ।

धरानमा गठवन्धन गरेर निर्वाचनमा जाने तयारी भइरहेको छ । यस अवस्थामा आकांक्षी मध्येबाट पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोको बलियो उमेद्वार हुने पार्टीको आन्तरीक मुल्याङ्कन रहेको वुझीएको छ ।

मेन्याङ्वोले धरानलाई राम्ररी वुझेको र विगत १० वर्षसम्म जनप्रतिनिधी भएर काम गरेकोले नगरपालिका हाक्न सक्ने क्षमता समेत भएको हुदा वलियो संभावना रहेको स्रोतको दावी रहेको छ ।

धरानको लोकप्रिय व्यक्तित्व भएकोले पनि उनलाई उठाउदा चुनावी परीणाम आफ्नो पक्षमा आउने एमालेको आन्तरीक मुल्याङ्कन रहेको छ ।

त्यसैगरी नगर प्रमुख तारा सुव्वाको निधनपछि केही समय कार्यवाहक नगर प्रमुख चलाएको लोकप्रिय, युवा महिला पार्टीको केन्द्रीय समेत भएकोले मञ्जु भण्डारी समेत उतिकै संभावना रहेको वुझिएको छ । केन्द्रमा समेत वलियो पकड रहेकोले पनि उनलाई केन्द्रले टिकटका लागि सिफारीस गर्न सक्ने संभावना रहेको छ ।

यसैगरि, उपमेयरमा जिल्ला सदस्य पदम इस्वो, शुसिला पहाडी, लहरु जिमी, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम सिफारिश गर्ने निर्णय भएको धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङले जानकारी दिएकाछन् ।

उपमहानगरको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले उम्मेद्वार छनोट गर्ने प्रावधान एमालेले बनाएको छ । जिल्ला, प्रदेशले नाम छाटकाट गरेर तीन जनाको केन्द्रमा पठाउने छ ।

एमालेले धरानमा उपनिवाचनमा गुमेको वामपन्थिको विरासत फर्काउने गरी तयारी गरीरहेको छ । तर सत्ता गठवन्धन हुने अवस्थाले भने निर्वाचन परिणाम हात पार्न फलामको चिउरा चपाउन सरह हुने केही थरीको विश्लेषण रहेको छ । तर संगठन वलियो भएकोले पनि केही मेहनत गर्दा विजय हासिल गर्न सकिने पार्टीको आन्तरीक विश्लेषण रहेको छ ।

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic