अखिल नेपाल फुटबल संघ सुनसरीमा नविन राई

  • वैशाख ९, २०७९
  • १०,४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाख ः अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको अध्यक्षमा नविन निर्विरोध निर्वाचित भएकाछन् ।

विहिवार धरानको एन्फा टेक्निकल सेन्टरको हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट राई निर्विरोध निर्वाचित वनेका हुन् ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की निर्विरोध निर्वाचित वनेकाछन् ।

साधारण सभाले सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदार, पशुपतिकुमार सरदार, केशवकुमार कार्की, खेमराज कोइराला, प्रताप तामाङ, घनश्याम बुढाथोकी, धनबहादुर राई र महिला सदस्यमा शारदा लिम्बु लाई निर्विरोध गरेको प्रमुख निर्वाचन आयुक्त विनोद सुवेदीले जानकारी दिनुभयो ।

कार्यसमिति १५ सदस्यीय हुने भएपनि २ जना मनोनित गरिने नवनिवार्चित अध्यक्ष राईले जानकारी दिए ।

अधिवेशनले १३ सदस्यीय समिति निर्वाचित गर्ने र महासचिव र कोषाध्यक्ष कार्यसमितीको वैठकले मनोनित व्यवस्था भए वमोजिम १५ जनाको कर्यसमिति कायम रहने नव निर्वाचित अध्यक्ष राईले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष राईले संघमा आवद्ध नभएका क्लवहरु समेत आफ्नो कार्यकालमा आवद्ध गराउने र संघलाई नया उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बैठकले महासचिवमा कोवितजंग कार्की र कोषाध्यक्षमा शतिस केसी मनोनित गरीएको र अन्य दुइ सदस्यहरुमा गोपाल कार्की र अथ्लेससिंह राईलाई मनोनयन गरीएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

कार्यसमितिको पदावधि ४ बर्षको हुनेछ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic