अखिल नेपाल फुटबल संघ सुनसरीमा नविन राई

  • वैशाख ९, २०७९
  • १०,५३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाख ः अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको अध्यक्षमा नविन निर्विरोध निर्वाचित भएकाछन् ।

विहिवार धरानको एन्फा टेक्निकल सेन्टरको हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट राई निर्विरोध निर्वाचित वनेका हुन् ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की निर्विरोध निर्वाचित वनेकाछन् ।

साधारण सभाले सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदार, पशुपतिकुमार सरदार, केशवकुमार कार्की, खेमराज कोइराला, प्रताप तामाङ, घनश्याम बुढाथोकी, धनबहादुर राई र महिला सदस्यमा शारदा लिम्बु लाई निर्विरोध गरेको प्रमुख निर्वाचन आयुक्त विनोद सुवेदीले जानकारी दिनुभयो ।

कार्यसमिति १५ सदस्यीय हुने भएपनि २ जना मनोनित गरिने नवनिवार्चित अध्यक्ष राईले जानकारी दिए ।

अधिवेशनले १३ सदस्यीय समिति निर्वाचित गर्ने र महासचिव र कोषाध्यक्ष कार्यसमितीको वैठकले मनोनित व्यवस्था भए वमोजिम १५ जनाको कर्यसमिति कायम रहने नव निर्वाचित अध्यक्ष राईले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष राईले संघमा आवद्ध नभएका क्लवहरु समेत आफ्नो कार्यकालमा आवद्ध गराउने र संघलाई नया उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

बैठकले महासचिवमा कोवितजंग कार्की र कोषाध्यक्षमा शतिस केसी मनोनित गरीएको र अन्य दुइ सदस्यहरुमा गोपाल कार्की र अथ्लेससिंह राईलाई मनोनयन गरीएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

कार्यसमितिको पदावधि ४ बर्षको हुनेछ ।

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic