महानगर र उपमहानगरमा यी हुन् एकीकृत समाजवादीका उम्मेद्‍वार

  • वैशाख १२, २०७९
  • १४२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१२ वैशाख ः सत्ता गठवन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्‍वारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको हो ।

एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिनेछन् ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्‍वारी दिनेछन् ।

आफनो पार्टीको तर्फबाट उमेद्‍वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्‍वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्‍वारी दिने निर्णय भएको महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic