विजयपुरवासीको गठवन्धनलाई सुझाव पर्यटक भित्र्याउने योजना ल्याउ

  • वैशाख १८, २०७९
  • १,८८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाख ः गठवन्धनका उम्मेद्वारहरुले घरदैलोका क्रममा वडाका सससमस्या र सससुझावहरु लिने गरेकाछन् ।

लोकतान्त्रीक बाम गठबन्धनका मेयरका उम्मेद्वार काङ्ग्रेसका किशोर राई र उप–मेयरमा माओवादीका अइन्द्र बेघा सहित आइतबार सयौ नेता(कार्यकर्ता सहित धरानको वडा नम्बर १४ र १ मा घरदैलो अभियानलाई तिब्रता दिएका छन।

घरदैलोका क्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानिय बासिले बिजयपुरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सुझाव फिए।पिन्डेश्वर मन्दिर नजिकै रुद्राक्षको ब्यापार गर्दै आएका सन्तोष लामिछनेले पर्यटकहरुलाई आकर्षण गर्ने योजना ल्याउन उम्मेद्वारहरु समक्ष माग गरे।

उनले भने यो पर्यटकिय ठाउ हो तर हामिलाई प्लाष्टिकको छानो मुनि रुद्राक्ष ब्यबसाय गरेर बसेका छौ, सटरहरु बनाई दिएर हामिलाई ब्यबस्थित गरिदिए हुन्थ्यो ।

अर्का स्थानिय अमर गुरुङ्ले यति प्रशिद्ध पर्यटकिय ठाउ भएर पनि अपेक्षा अनुसार पर्यटकहरु नआएको बताए।यो ठाउलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन सके नगरले मनग्गे आम्दानि गर्ने गुरुङ्को बुझाई छ।

मेयरका उम्मेद्वार राईले आफुहरुले जितेर गए पछि धरानको पर्यटनको सवालमा बिजयपुरलाई नै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न पहिलो प्राथमिकता दिने बताए।

त्यस्तै उप(मेयरका उम्मेद्वार अइन्द्र बेघाले बिजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रुपमा बिकास गरिने बताए।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic