विजयपुरवासीको गठवन्धनलाई सुझाव पर्यटक भित्र्याउने योजना ल्याउ

  • वैशाख १८, २०७९
  • १,९१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ वैशाख ः गठवन्धनका उम्मेद्वारहरुले घरदैलोका क्रममा वडाका सससमस्या र सससुझावहरु लिने गरेकाछन् ।

लोकतान्त्रीक बाम गठबन्धनका मेयरका उम्मेद्वार काङ्ग्रेसका किशोर राई र उप–मेयरमा माओवादीका अइन्द्र बेघा सहित आइतबार सयौ नेता(कार्यकर्ता सहित धरानको वडा नम्बर १४ र १ मा घरदैलो अभियानलाई तिब्रता दिएका छन।

घरदैलोका क्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानिय बासिले बिजयपुरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सुझाव फिए।पिन्डेश्वर मन्दिर नजिकै रुद्राक्षको ब्यापार गर्दै आएका सन्तोष लामिछनेले पर्यटकहरुलाई आकर्षण गर्ने योजना ल्याउन उम्मेद्वारहरु समक्ष माग गरे।

उनले भने यो पर्यटकिय ठाउ हो तर हामिलाई प्लाष्टिकको छानो मुनि रुद्राक्ष ब्यबसाय गरेर बसेका छौ, सटरहरु बनाई दिएर हामिलाई ब्यबस्थित गरिदिए हुन्थ्यो ।

अर्का स्थानिय अमर गुरुङ्ले यति प्रशिद्ध पर्यटकिय ठाउ भएर पनि अपेक्षा अनुसार पर्यटकहरु नआएको बताए।यो ठाउलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन सके नगरले मनग्गे आम्दानि गर्ने गुरुङ्को बुझाई छ।

मेयरका उम्मेद्वार राईले आफुहरुले जितेर गए पछि धरानको पर्यटनको सवालमा बिजयपुरलाई नै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न पहिलो प्राथमिकता दिने बताए।

त्यस्तै उप(मेयरका उम्मेद्वार अइन्द्र बेघाले बिजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रुपमा बिकास गरिने बताए।

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic