गठबन्धनप्रति मतदातामा उत्साह थपियो

  • वैशाख १९, २०७९
  • ५९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाख ः यही वैसाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनबाट उठेका सशक्त उमेद्वारलाई भोट हाल्न यसपटक सर्वसाधारण उत्साहित बनेका छन् ।
धरान ८ मा घरदैलोमा लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरु पुग्दा त्यहाका सर्वसाधारण उत्साहित देखिन्छन् । ०७६ सालको उपनिर्वाचनमा नेकपा एमाले घरदैलोमा पुग्दा नेतृत्वमाथि नै खनिएका सर्वसाधारण यसपटकको निर्वाचनका धरान ८ मा घरदैलोमा पुग्दा उनीहरु उत्साहित देखिन्छ ।
 
गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकातर्फबाट मेयरका उमेद्वार किशोर राई र नेकपा माओवादी केन्द्रकातर्फ उपमेयरका उमेद्वार बनेका आइन्द्रविक्रम बेघा पुग्दा धरान ८का सर्वसाधारण उत्साहित बने । उनीहरुले यसपटक गठबन्धनलाई जिताएर धरानको विकास हेर्न चाहेको बताए ।
सर्वसाधारणको उत्साहलाई उम्द्वारहरुले कायमै राख्ने प्रतिबद्धता जनाएका थिए ।
 
आफू निर्वाचत भएर गएपछि धरानको खानेपानी समस्या, धरानलाई शैक्षिक, पर्यटकको हब बनाउनेदेखि लिएर धरानको खेलकुदको विकासमा प्रतिबद्ध हुने गठबन्धनका मेयर तथा उपमेयरका उमेद्वारले धरान ८का सर्वसाधारणलाई प्रतिवद्धता व्यक्त गरेका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic