धरानमा मेयर उपमेयरमा जसपाको उम्मेद्धारी निस्कृय गठवन्धनलाई जिताउन जुन सुकै मुल्या चुकाउन पछि नपर्ने उद्घोष

  • वैशाख २०, २०७९
  • ३,८४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० वैशाख ः यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा धरानमा वगठवन्धनका उम्मेद्वारलाई विजयी गराउनको लागि जनता ससमाजवादी पार्टी जस्तो ससुकै रणनीति वनाउने उद्घोष गरेको छ ।

चार दलीय गठवन्धनबाट अलग भएर छुट्टै उम्मेद्वारी दर्ता गरेको जससपाले पुन गठवन्धनमा जोडिएर गठवन्धनका उम्मेद्वारलाई जिताउने रणनीति वनाउने उद्घोष गरेको हो ।

केन्द्रमा ५ दलीय गठवन्धन रहेपनि धरानमा चारदलीय गठवन्धन रहेको थियो । तर पछिल्ला अन्तिम ससमयको छलफलमा ससहमति कायम नभएपछि जससपाले मेयर र उपप्रमुख दुवै पदमा उम्मेद्वारी दर्ता गराएको थियो ।अव धरानमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनमा रहेकाछन् ।

जसपा केन्द्रीय समितिले गठबन्धनलाई मजदुत बनाउदै निर्वाचन जसरी पनि आफ्नो पोल्टामा पार्नकै लागि नगर कमिटीलाई निर्देशन दिएपश्चात मेयर, उपमेयर तथा वडाहरुमा दिएको उमेद्वारीलाई निस्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय भएको केन्द्रीय ससदस्य भीम राईले जानकारी दिएकाछन् ।

लोकतान्त्रिक गठबन्धनले धरान १२ को गोर्खा होटलमा पत्रकार सम्मेलन गरी जससपाले उम्मेद्वारी निष्कृय भएको जानकारी गराएको थियो ।

गठबन्धनमा उमेद्वारी छनौटमा खटपट भएपछि धरानमा नेकपा माओवादी र नेपाली कांग्रेसले मात्र गठबन्धन गरेर चुनावी प्रतिष्पर्धामा होमिएका थिए । तर, वैसाख १४ गते र १६ गते बसेको बैठकले सजमावादी पार्टी केन्द्रीय समिति र ५ दलीय गठबन्धनको संयन्त्रले महानगर, उपमहानगर र पालिकाको प्रमुख, उप्रमुखको उमेद्वार कार्यान्वयन नगर्न निर्देशन दिएपछि धरानमा जनता समाजवादीले पनि आफ्नो उमेद्वारीलाई निस्कृय पार्दै गठबन्धनलाई सघाउने भएकोे हो ।

उक्त पत्रकार ससम्मेलनमा ५ दलीय गठबन्धन एक ठाउमा आएपछि सबै दलले गठबन्धनका उमेद्वारलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

जससपाका नगर अध्यक्ष तथा मेयर पदका उम्मेद्वार ताजुव लिम्वुले केन्द्रीय गठबन्धन अनुसार केन्द्रिय अनुशासनलाई ध्यानमा राखेर धरानमा आफूहरुको उमेद्विारलाई निस्कृय बनाउदै गठबन्धनलाई सघाउने बताए ।

त्यससैगरी नेपाली कांग्रेससका केन्द्रीय सदस्य मिन विश्वकर्माले सकुर्लर अनुसार बनेको गठबन्धनका उमेद्वारलाई जिताउन जसपाले पनि भरपुर सहयोग गर्ने विश्वास गरे । गठबन्धन एक ठाउमा आएपछि अझ मजबुत भएको दावी गरेकाछन् । विश्वकर्माले गठवन्धनको जित सुनिश्चित हुनेमा शंका गर्ने ठाउ नभएको स्पष्ट गरेकाछन् ।

यस्तै, संविधानसभाका सांसद किरण राईले पनि गठबन्धन बलियो भएकोले अब जित सुनिश्चित हुनेमा कसैले नरोक्ने बताएका छन् ।

सगठवन्धन दलहरुवीच एकता कायम भएपछि अव जीत सुनिश्चित भएको नेकपा एकिकृत ससमाजवादीका केन्द्रीय सदस्य तथा ससुनसससरी ससहइन्चार्ज जीवन राईले वताए ।

त्यससैगरी निर्वाचन परिचालन ससमिति ससंयोजक तथा नेपाली कांग्रेससका क्षेत्रीय ससभापति ससुजेन्द्र तामाङले गठवन्धनका उम्मेद्वार विजयी हुने कुरामा दुइमत नरहेको दावी गरे ।

हिविसकस वोडिङ स्कुलमा वादविवाद प्रतियोगिता सम्पन्न

छाल खवर धरान,७ मंसिरः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा अन्तर क्ला ...

पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस

छाल खवर धरान,७ मंसिरः मकाउका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श ...

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic