दीर्घ रोगीलाई निःशुल्क औषधी उपचारलोकतान्त्रिक वाम गठबन्धनको प्रतिबद्धता

  • वैशाख २४, २०७९
  • ७९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान २४ वैशाख ः लोकतान्त्रिक वाम गठन्धनले धरानमा रहेका दीर्घ रोगीलाई निःशुल्क औषधी उपचार गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेको छ ।

गठवन्धनले शनिवार होटल गोरखामा पत्रकार सम्मेलन गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।

गठवन्धनले गरेको प्रतिवद्धतामा धरानलाई महानगरपालिका बनाउने देखि उज्यालो धरान बनाउनेसम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।

वैसाख ३० को आसन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनको प्रतिवद्धता पत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवम् पर्यटकीय गन्तव्य स्थल बनाउने लगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता उल्लेख गरीएको छ ।

सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरु, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरुलाई समेटेको छ ।

यस्तै धरानलाई स्वास्थ्यको हब बनाउदै प्रतिष्ठानको सुधारका लागि पहल कदमी अगाडि सार्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासकामा रहेका क्षेत्रसंग लिंक रोड निर्माण गर्ने, कुरालाई समेत समेटिएको छ ।

घोषणापत्र सार्वजनिक पछि कांग्रेसकाका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउदै यसलाई पूरा गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले भने–‘समुन्नत धरान बनाउनका लागि सबैसंग सहकार्य, छफलल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौं, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्ने छौं ।’

यस्तै गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संंयोजक सुजेन्द्र तामाङले निर्वाचन नजिकिदै गएको अवस्थामा यसपटक आफूहरुले ढिलो प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए ।

उनले यसपटक घरदैलो कार्यक्रमको दौरानमा सर्वसाधारणको समस्या, राय र सुझाव सुनेर प्रतिबद्धता तयार गरिएकोेले यो प्रभावकारी हुने दावी समेत गरेका थिए ।

विगतमा अगाडि नै प्रतिबद्धतापत्र सार्वजनिक गरीएको भएपनि यसपटक जनताको राय, सुझाव, समस्यालाई बुझेर प्रतिबद्धता तयार गरेको तामाङको भनाई रहेको छ ।

प्रतिबबद्धतापत्र भन्दा पनि जनताको समस्या समेटिको प्रद्धिबद्धता भएको र गठबन्धनलाई यो कार्यान्वयन गर्न सहज हुने समेत उनको दावी रहेको छ ।

प्रतिबद्धता निर्माण समितिका संयोजक केशव घिमिरेको समितिले तयार पारेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा जसपा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic