धरान २० लाई कृषि पकेट क्षेत्र बनाउने गठबन्धनका उमेद्वारको् प्रतिबद्धता

  • वैशाख २४, २०७९
  • १४४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२४ वैशाख ः लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वाहरुले धरान वडा नं. २० लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

धरान २० मा प्रचारात्मक अभियानमा पुगेका गठबन्धनका उमेद्वारहरुले त्यहाका सर्वसाधारणसमक्ष विष्णुपादुकालाई कृषि जोन बनाउने प्रतिबद्धता जनाएका हुन् ।

कृषि क्षेत्रको राम्रो सम्भावना बोकेको स्थान भएकोले यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता उनीहरुले जनाएका हुन ।

लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट मेयरका उमेद्वार किशोर राईले धरान २० विष्णुपादुकाले बेसार जोनको रुपमा विकास गर्ने योजना बनाए अनुरुप काम हुन नसकेको बताउदै अब यसलाई पूरा गर्ने काम आफूहरुको भएको वताए ।

उनले विष्णु पादुका पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको ऐतिहासिक क्षेत्र भएको र यस क्षेत्रका अधिकांश सर्वसाधारण कृषिमा आश्रित रहेको उल्लेख गरेकाछन् ।

कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रीको बजारीकरणसंगै कृषिमा आधुनिकरण गर्न गठबन्धन नेतृत्वतर्फबाट पहल कदमी गर्ने उल्लेख गरेका थिए ।

उनले यस क्षेत्रबाट उत्पादन भएका बेसार र अदुवा प्रचुरमात्रा नेपाल लगायत भारतका विभिन्न स्थानसम्म पुग्ने भएपनि कृषिकहरुले उचित भाउ गुनासो आउने गरेको सुनाउदै यसलाई कृषि जोन बनाएर धरानको एउटा गहना बनाउने योजना गठबन्धन नेतृत्वको भएको बताए ।

यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उमेद्वार आइन्द्रविक्रम बेघाले धरान २० विष्णुपादुका कृषि पकेट क्षेत्र नभई धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्यको राम्रो स्थलको रुपमा परिचय बनाउन सकिने बताए ।

यहाको पौराणिक महत्वको महिमा सुनेर नेपालबाटमात्र हैन भारतबाट समेत पितृको सम्झनामा पितृको सम्झनमा श्राद्ध गर्ने भीड लाग्ने गरेको बताए ।

उनले वृटिश लाहुरेहरुले आफ्नो पहिचान र इतिहासलाई जीवनन्ता राख्न माछामारामा पूर्व व्रिटिश सैनिकहरुले गोखा स्मृति पार्कको निर्माण गरेको बताउदै यसले समेत विष्णुपादुको विकासमा ठोस सहयोग पुग्ने बताए ।

उनले विष्णृपादुका कृषि जोन, धार्मिक स्थल र पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको स्थल भएको वताउदै यस क्षेत्रको विकासमा विगतमा नगरपालिकाको आखा नपुगेको उल्लेख गरेका थिए । अब यहाको सडक, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै कृषि जोन बनाउने योजनालाई आफूहरुले प्राथमिकतामा राखेर काम गर्ने कुरामा जोडदिएका थिए ।

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic