बराहक्षेत्रमा ठूलो ‌मात्रामा गाजा बरामद

  • जेठ १८, २०७९
  • २,८८१ पटक पढिएको
  • छाल खबर
alt

फोटो हिमाल राई वराहक्षेत्र

छाल खवर
धरान,१८ जेठ ः बराहक्षेत्र प्रहरीले ठूलो परिणाममा लागू औषधको रुपमा मानिने गाजा वरामद गरेको छ ।

सशस्त्र वेस क्याम्प चतराबाट खटिएको गस्ति टोलीले वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित सप्तकोशि नदि किनाराबाट बेवारीसे अवस्थामा गाजा वरामद गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार ११ वोरा लागु पदार्थ गाँजा बरामद गरीएको हो ।

सशस्त्र प्रहरी निरीक्षक निगम राईको नेतृत्वमा निस्कियको मोवाइल गस्ति टोलीले ३५० केजि‌ गाजा बरामद गरेको थियो ।

सो गाजा जिल्ला प्रहरी कार्यालयलाई बुझाउने सशस्त्र प्रहरी निरीक्षक निगम राईले जानकारी दिएकाछन् ।

बरामत गाजाको बजार मूल्य अनुमानित प्रतिकिलो रु २० हजारको दरले गर्दा पनि ३५० केजिको मुल्य ७० लाख वरावरको हुने अनुमान रहेको छ ।

यस अधि पनि निरीक्षक राईको नेतृत्वमा बडा नं २ जब्दिमा बेवारीसे अवस्थामा रहेको सखुवाको काठ २२।०९ क्युफिट हालको बजार मुल्य १ लाख २१ हजार ४ सय ९५ बरावरको बरामद गरी वन कार्यालयलाई बmुझाएका थिए ।

प्रहरी निरिक्षक राई त्यस क्षेत्रमा हुने तस्करीलाई नियन्त्रणको लागि सकृय रहेकाछन् ।

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic