लायन्स क्लव पन्चकन्याद्धारा अमाह सिमसार क्षेत्रमा वृक्षरोपण

  • असार २६, २०७९
  • १,७७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ असार ः यतिवेला वृक्षारोपणको मौसमले छाएको छ । यतिवेला अधिकांश वन क्षेत्र लगायतका स्थानहरुमा वृक्षारोपण गर्नेक्रम जारी रहेको छ ।

विभिन्न संघ संस्थाहरुले वृक्षरोपणलाई आफ्नो प्रमुख कार्यक्रम वनाउदै आएकाछन् सोही क्रममा लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा स्थित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ ।

photo 2

अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ ।

पछिल्लो केही वर्ष यता अमाह सिमसार आन्तरिक पर्यटकहरुमाझ चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेको छ ।

पशुपक्षीको आहार हुने बोटविरुवा नभएको भन्ने थाह पाएपछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुहसंग सहकार्य गरि फलफुलको विरुवासहित वृक्षरोपण गरिएको धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठको भनाई रहेको छ ।

नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पु¥याउने उदेश्यले वृक्षरोपण आयोजना गरीएको लायन्स पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले वताएकीछिन् ।

कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रीक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए ।
लायन्स क्लव अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठका अनुसार अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको थियो ।

लायन्स क्लवको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण संग सम्वन्धित सामाजिक कार्यहरु गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । क्लवले चाडै नै पैसाको अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिस फर एजुकेशन अभियान सुरु गर्ने पनि उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई , बराहक्षेत्र ५ नम्बर वडाध्यक्ष रोहित काफ्ले, अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, एमजेएफ लायन्स रेखा गुरुङ्ग, युवा समाजसेवी सम्राट श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यस अघि क्लवले धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि ७ सय वटा फलफुलका विरुवा रोपेको थियो ।

अमाह बन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रम भएको हो ।

photo = 4 photo = 3

 

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic