सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी वाणिज्य सचिवमा धेरै जनाको दावी

  • असार ३२, २०७९
  • ४,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ असार ः सुनसरी उद्योग वाणिज्य संघमा पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको छ ।

वैशाख ३० गते पदस्थापना भएसंगै पदाधिकारीहरुको लागि रस्साकस्सी शुरु भएको हो ।

प्रथम उपाध्यक्षका लागि गोपाल श्रेष्ठ र द्धितीय उपाध्यक्षमा रामस्वरुप शर्माको नाम करिव आन्तरीक रुपमा सहमति भएको हो ।

श्रेष्ठ निवर्तमान कोषाध्यक्ष हुन भने शर्मा तीन कार्यकालको कोषाध्यक्ष समेत हुन ।

महासचिवमा महेन्द्र प्रधानको नाम चर्चामा रहेको छ । प्रधान राजेन्द्र साह अध्यक्ष भएको समयमा उद्योग सचिव रहेका थिए भने कार्यसमितिमा नियमित रहदै आएकाछन् । प्रशासनिक क्षमता रहेका प्रधानलाई महासचिव वनाउदा अध्यक्षलाई थप सजिलो हुने अनुमान रहेको छ ।

संघमा लामो समय काम गरेको र अनुभवी समेत रहेकोले उनलाई महासचिव वनाउन अध्यक्षको समेत भूमिका रहेको छ । अध्यक्ष विजय श्रेष्ठले समेत उनलाई महासचिव वनाउने कुरामा चासो देखाएको स्रोतको भनाई रहेको छ ।
महासचिवमा प्रधानको वाहेकको अरुको दावी नरहेको वुझीएको छ ।

उद्योग सचिवमा पियुष आचार्यको नाममा आन्तरीक सहमति भएको स्रोतको भनाई रहेको छ ।चुनाव अघि नै महासचिवका लागी चर्चामा आएका विष्णु वरालको पनि उद्योग सचिवमा दावी रहेको छ ।

कोषाध्यक्षमा प्रभाव खतिवडाको नाममा आन्तरकि सहमति भएको वुझीएको छ । उनलाई कोषाध्यक्ष वनाउन अध्यक्ष विजय श्रेष्ठ समेत इच्छुक रहेकाछन् । यद्यपी जय प्रकाश शर्माले पनि आफ्नो इच्छा राखेको वुझीएको छ । तर शर्मालाई वाणिज्य तर्फ लैजाने तयारी थालिएको वुझीएको छ ।

वाणिज्य सचिवमा उपेन्द्र चाम्लिङ,किसन मास्के,नविन राजभण्डारी,जयप्रकाश शर्मा, शशी साह,अशोक जैनको दावी रहेको छ । वाणिज्य सचिवमा मास्के,शर्मा र जैन मध्येबाट हुने वुझीएको छ ।

उपेन्द्र चाम्लिङलाई प्रचार तथा संगठन प्रमुखको जिम्मेवारी दिनेगरी छलफल भएको वुझीएको छ ।यस अघिका महासचिव राजेश अग्रवाललाई भने कुनै पदीय जिम्मेवारी प्राप्त नहुने वुझीएको छ । भने नविन राजभण्डारीलाई पनि कुनै पदीय जिम्मेवारी प्राप्त नहुने वताईको छ ।

प्रथम उपाध्यक्ष,महासचिव दुवै एकै समुदायबाट हुने भएकोले वाणिज्यमा भने समावेशी वनाउनु पर्ने हुदा जयप्रकाश,शशी शाह र अशोक जैन मध्ये एकजनाको वलियो संभावना रहेका वुझीएको छ ।

सोमवार वस्ने कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन हुनेछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic