प्राइम भिजन कलेज धरानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

  • असार ३२, २०७९
  • ३,११३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ असार ः धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफलसंगै बिधार्थी तथा अभिभाबकहरुको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ ।

prime - 2

कलेजले आफ्नै भवनमा परिक्षाफल सार्बजनिक तथा निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको थियो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राबिधिकहरुको उपस्थिति रहेको थियो ।

कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभिभाबकहरु पनि स्वस्थ रहनुहोस भन्ने हेतुले कलेजले सो कार्यक्रम आयोजना गरेको हो ।

कक्षा १२ को शैक्षिक सत्र पनि चाडै सुरु हुने हुनाले बिधार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाच गर्न यो कार्यक्रमले सहयोग पुर्याएको श्रेष्ठको भनाई रहेको छ ।

अन्तरराष्ट्रिय भनेर नाममा मात्र सीमित नभई कामले पनि देखाइरहेको प्राइम भिजन कलेजले बिगतका समयमा पनि बिधार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक बिकासको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

शिक्षालाई ब्यापार होइन सेवाको रुपमा बुझ्दै आएको र बिगत ५ वर्ष देखि बिधार्थी र अभिभाबकको मन जित्न सफल प्राइम भिजन कलेजले सिमित सिटमा भर्ना लिने गरेको र गुणस्तरिय बिधार्थी उत्पादन गर्ने गरेको कलेजका सी इ ओ अभिषेक श्रेष्ठले बताए ।

होटल मेनेजमेन्टको क्षेत्रमा पछिल्लो समय प्राइम भिजनले निकै छिटो फड्को मार्दै आएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic