प्राईम भिजन कलेजले मनायो ५ औं वार्षिक उत्सव

  • साउन ९, २०७९
  • ४,०४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ साउन ः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै आएको सो कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा स्टुडेन्ट अफ द इयरबाट मेला राईलाई सम्मान गरीएको थियो भने हस्पिटालिटि साईनिगं स्टार एलिना राई घोषित भएकीथिइन ।

त्यस्तै बिद्यार्थीको छनौटबाट बेष्ट टिचर अफ द इयरको उपाधि होटल म्यानजमेन्ट तर्फ संगीत सिग्देलले पाएका थिए भने नवराज बिष्टले कमर्सबाट उपाधि हासिल गरेका थिए ।

त्यस्तै वेष्ट ईम्प्लोई अफ द इयर रोस्मिता श्रेष्ठले पाएकि थिइन् ।कलेजका डाइरेक्टर अनिल श्रेष्ठको अध्यक्षता तथा धरान उप महानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम वेघाको प्रमुख आतिथ्यतामा भएको उक्त उत्सवमा बिभिन्न बिधामा छनौट भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

उक्त कार्यक्रममा कलेजले आफ्ना शेयर सदस्यलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सो कार्यक्रममा धरानको शैक्षिक अभियानमा प्राईम भिजन कलेजको महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई उच्च सम्मान गर्नु पर्ने प्रमुख अतिथि उप मेयर आईन्द्र बिक्रम वेघाले बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रशासकिय अधिकृत लोकमान श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका कोषाध्यक्ष प्रभात खतिवडा,धरान वडा नं १० का वडा अध्यक्ष विवेक राई हिविसकस वोडिङ स्कुलका निर्देशक गंगाराम राई लगायतको उपस्थिति रहेको थियो ।

होटलमेनेजमेन्टको क्षेत्रमा प्राइम भिजनले छिटो समयमा नै फड्को मार्न सफल वन्दै गइरहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic