धरान–तरहरा सडक खण्डको निर्माणमा सभामुखको चासो सभामुख प्रदीपकुमार भण्डारीले आयोजना सम्बन्धमा जिम्मेवार निकाय रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयसँग आयोजनाका बिषयमा जानकारी लिनु हुँदै द्रुत गतिमा काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

  • भदौ ६, २०७९
  • ११,८५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ भाद्र:  व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गको नेपाल भारत सिमाना (रानी नाका) बाट धरानसम्मको खण्डलाई ६ लेनमा विस्तार तथा स्तरोन्नती गर्ने क्रममा रहेको धरान–तरहरा सडक खण्डको निर्माण कार्यको बिषयमा सभामुख प्रदीपकुमार भण्डारीले चासो राख्नु भएको छ ।

निर्माण कार्य सुस्त रहेको तथा दैनिक जसो सवारी दुर्घटना हुन थाले पछि सभामुख भण्डारीले सडक निर्माणको प्रगतिका बिषयमा चासो व्यक्त गर्नु भएको हो ।

निर्माणाधिन सडकमा सवारी साधन गुडिरहदा अत्याधिक धुलो उडेर साना सवारी चलाउन समस्या पर्ने तथा स्वास्थ्यमा समेत प्रतिकुल असर हुने भएकोले त्यसलाई न्युनिकरण गर्ने उपायहरु अपनाउने तर्फ पनि सभामुख भण्डारीले आयोजनालाई सचेत गराउनु भयो ।

उहाँले उक्त आयोजनाको सम्बन्धमा जिम्मेवार निकाय रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयसँग आयोजनाका बिषयमा जानकारी लिनु हुँदै द्रुत गतिमा काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

तरहरा देखि सेउति पुलसम्म ५ कि.मि. सडकको निर्माण कार्य भने अपेक्षा भन्दा सुस्त रहेको छ । सभामुख भण्डारीले चासो व्यक्त गरे पछि आज नै चितवनको प्यासिफिक निर्माण सेवा र रौता कन्ट्रक्सन हेटौडालाइ कार्यलयमा बोलाइएको छ ।

ट्राफिक प्रहरीको अभिलेख अनुसार पछिल्लो एक बर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ६ जनाको अवस्था गम्भीर छ । अन्य ६३ जना सामान्य घाइते भएको तथ्यांक रहेको छ ।

ezgif-frame-005
     निर्माणाधिन सडकको कुल लम्बाई ४९ कि.मि. मध्ये हाल सम्म ४२ कि.मि. मा मात्र सडकको विस्तार कार्यको ठेक्कापट्टा भएको छ । जस मध्ये जम्मा ३२ कि.मि. सडक कालोपत्रे सम्पन्न भएको छ ।

बुढी खोला र सेउती खोला पुल निर्माणको क्रममा रहेको छ भने दुहबीको बिल्ट–अप क्षेत्र ६३० मिटर सहित बुढी खोला देखि दुहबी बजार लगायत २ कि.मि. सडक खण्डको र धरान बजारमा ५ कि.मि. गरी ७ कि.मि. लम्बाईमा हालसम्म ठेक्कापट्टा हुन सकेको छैन ।

उक्त आयोजना अन्तर्गत विभिन्न प्याकेज गरी १७ वटा सडक निर्माण कार्य र २ वटा पुलको गरी जम्मा १९ वटा ठेक्का संचालनमा रहेको छ ।

आयोजनाका ईञ्जिनियर उपेन्द्र दासका अनुसार धरान–तरहरा सडक खण्ड मध्ये तरहरा देखि सेउति पुलसम्म ५ कि.मि. सडक चितवनको प्यासिफिक निर्माण सेवा र सेउति देखि तिनकुने सम्मको ४ कि.मि. सडक निर्माणको ठेक्का रौता कन्ट्रक्सन हेटौडाले लिएको छ ।

सम्झौता अनुसार २०८० आषाढ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा भए पनि सेउति देखि तिनकुने सम्मको ४ कि.मि. सडक कालोपत्रे दशै तिहार भित्र नै सक्ने लक्ष्य रहेको ईञ्जिनियर दासले बताए । ईञ्जिनियर दासले जानकारी गराए अनुसार समग्रमा योजनाको ८५५ प्रतिशत प्रगति रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic