उपचुनाव घोषणासँगै मतदाता नामावली संकलन स्थगित

  • फागुन १३, २०८०
  • २,४९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुन ःनिर्वाचन आयोगले रिक्त रहेको दुइ निर्वाचन क्षेत्रमा निर्वाचनको मिति घोषणा गरेको छ ।आयोगको आइतवार वसेको वैठकले दुइ निर्वाचन क्षेत्रमा चुनावको मिति घोषणा गरेको हो ।

आयोगका अनुसार प्रतिनिधि सभाको इलाम क्षेत्र–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन आगामी वैशाख १५ गते गर्ने घोषणा गरेको हो ।

मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य समेत स्थगित गरेको छ ।

आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ ।

इलाम क्षेत्र(२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

गाजा खेतीमा प्रहरीको कडाई , गाँजा नष्ट अभियानमा प्

छाल खवरधरान,३मंसिरः अवैध रुपमा गाउ गाउमा लगाइएको गाँजा नियन्त्रणमा प्रहरीले ...

पहिलो पटक सुनाखरी एकेडेमी स्कुल कप आयोजना हुने

छाल खवर धरान,३ मंसिर ः सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनाखरी ए ...

माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालम

छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंस ...

एन्फा एकेडेमीलाई वार्षिक ३० लाख सहयोग गर्ने मुख्य

छाल खवर धरान,१ मंसिर ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फ ...

डिपि बिलिभर्समा नेतृत्व बिकास सम्बन्धि सेमिनार

छाल खवर धरान,२३ कार्तिक ःडिपि बिलिभर्स इङ्लिस स्कुल धरान–५मा अध्यापनर ...

बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि प

छाल खवर धरान,२३ कार्तिकः वीपी कोइराला स्वास्थ्ष्य विज्ञान प्रतिष्ठान धरानमा ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic