पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

  • जेठ १७, २०८३
  • १२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ को उपाधि पूर्वेली भेट्रान बिर्तामोडले हात पार्न सफल वनेको छ ।

शनिवारको फाइनल खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई १–० गोलले पराजित गर्दै पूर्वेलीले उपाधि हात पार्न सफल वनेको हो ।

दोस्रो हाफको ९औँ मिनेटमा भुपेन लिम्बूले गरेको गोल नै पूर्वेलीका विजेता वन्ने निर्णायक गोल वनेको थियो । खेल अवधिभर गोल गर्ने अवसर प्राप्त गरेको आयोजक टोलीले अवसर गुमाउदा उपविजेता चित्त वुझाउनु परेको थियो ।

NEWS PHOTO 1 उपाधिसँगै पूर्वेली भेट्रानले नगद १ लाख १ हजार ५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल वनेको थियो । उपविजेता हाम्रो धरान भेट्रानले ५५ हजार ५ रुपैयाँमा चित्त बुझाउन वाध्य भएको थियो ।

व्यक्तिगत विधातर्फ पनि पूर्वेली भेट्रानकै दबदबा रहेको थियो ।फाइनल खेलको म्यान अफ द म्याच पूर्वेलीका प्रेम तामाङ घोषित भएका थिए उनले नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भुपेन लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

त्यस्तै,उत्कृष्ट गोलकिपर रूपक गुरुङ,उत्कृष्ट डिफेन्डर सन्तोष बस्नेत, उत्कृष्ट मिडफिल्डर सन्तोष राई र उत्कृष्ट प्रशिक्षक राहुल खड्का घोषित भए।

उत्कृष्ट स्ट्राइकरको पुरस्कार आयोजक हाम्रो धरानका जीवन लिम्बुले प्राप्त गर्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पदम राईलाई प्रदान गरियो। सबै विधाका विजेताले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश फुटवल संघ एन्फाका अध्यक्ष किशोर राईले पुरस्कार हस्तान्तरण गरेका थिए । राईले खेल क्षेत्रमा विकास भएमात्र समग्र क्षेत्रको विकास हुने वताए ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic