सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मेद्वार भट्टराई

  • फागुन १७, २०८२
  • ६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार सुर्य बहादुर भट्टराई (मनोजल) ले धरानको सुकुम्वासी समस्या समाधानका लागि आफूले पहिलो प्रयास गर्ने वतााएकाछन् ।

शनिबार चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले यस क्षेत्रको विकास र सुकुम्वासी समस्याको स्थायी समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन ।

उनले भ्रष्टाचारमुक्त र स्थायी सरकारको आवश्यकता औंल्याउँदै कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको एजेन्डा अघि सारेका छन् । उनले कर्मचारीतन्त्र र नीतिगत तहमा रहेका विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाएकाछन् ।

सुनसरीको मुख्य समस्याका रूपमा रहेको सुकुम्बासी समस्या समाधानका लागि भूमि ऐन २०२१ संशोधन गरी वडाको सिफारिसमा सिधै पुर्जा वितरण गर्ने व्यवस्था मिलाउने उनको प्रमुख प्रतिबद्धता जनाएका थिए ।

सुनसरी क्षेत्र नं। १ का धार्मिक तथा पर्यटकीय स्थलहरू बुढासुब्बा, दन्तकाली, बराहक्षेत्र, पिण्डेश्वर, विष्णुपादुका, रामधुनी र पञ्चायनलाई समेटेर ‘पर्यटकीय हब’ बनाउने र ३० मिनेटभित्र क्षेत्रको एक कुनाबाट अर्को कुनामा पुग्न सकिने सडक सञ्जाल विस्तार गर्ने उनको योजना छ । सुनसरी क्षेत्र नं १ का सबै क्षेत्रहरूलाई आधा घण्टाभित्र जोड्न सकिने गरी सडक सञ्जाल र रिङरोडको विस्तार गर्ने योजना उनले अघि सारे ।

धरानको फोहोरलाई सेउती खोलामा फाल्ने कार्य बन्द गरी आधुनिक डम्पिङ साइटको निर्माण गर्ने उहाँको चुनावी एजेन्डा रहेको छ । धरानको हाईटेन्सन लाईनको समस्यालाई ब्यवहारिक रुपले कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए । भट्टराईले यो लडाइँ सत्य र असत्य, विकासप्रेमी र विकासविरोधी बीचको भएको बताउँदै सबैलाई एकजुट भई मतदान गर्न अपिल गरे ।

आफू यहीँको धुलोमा खेलेर हुर्किएको र स्थानीयका दुःखसुखमा सधैँ साथ दिने स्थानीयु उम्मेदवार भएको दाबी गर्दै भट्टराईले फागुन २१ गतेको निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरे । ‘यो लडाइँ सत्य र असत्य बीचको हो, यो विकास चाहने र रोक्न खोज्ने बीचको हो ।’ भन्दै उनले मतदातालाई विवेकपूर्ण निर्णय लिन आग्रह गरे ।

अराजकताको अन्त्य, भ्रष्टाचारमुक्त प्रशासन र समृद्ध सुनसरी १ का लागि आफ्नो विजय अनिवार्य रहेको निष्कर्ष उनको सम्बोधनमा झल्किन्थ्यो ।

यस निर्वाचनलाई सुनसरी क्षेत्र नं। १ का बासिन्दाले विकास र समृद्धिको कसीका रूपमा हेरेका छन् । यसपटक १९ राजनीतिक दलका उम्मेदवार र ७ स्वतन्त्र उम्मेदवार गरी कुल २६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सबै उम्मेदवारहरूको अन्तिम निर्णय भने मतदाताले फागुन २१ गते गर्ने मतदानबाटै स्पष्ट हुनेछ ।

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic