धरानका आगलागी पीडितलाई आर्थिक सहयोग

  • जेठ २६, २०७७
  • ७७ पटक पढिएको
  • छाल खबर

धरान, २६ जेठ

धरान,२६ जेष्ठः धरान १५का दुई आगलागी पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरीएको छ ।
गत विहीबार धरान १५ का नरबहादुर श्रेष्ठको घरमा आगलागी हुदा घर भाडामा बस्ने मजदुरी गर्ने परिवार र विद्यार्थीलाई स्थानीयहरुले रकम जुटाएर आर्थिक सहयोग गरेका हुन ।
मजदुरी गरेर परिवार पाल्दै आएका ३० बर्षीय सुरेश लिम्बुको परिवार र पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा अध्ययनरत विद्यार्थी मधुमला चौधरीलाई १ सय ७८ जनाबाट उठेको रकम ५० हजार ५ सय सहयोग गरेका हुन् ।
लिम्बुकी श्रीमति सीता लिम्बुले गास बास नै उठेको बेला स्थानीयहरुको सक्रियताले सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएकी थिइन ।
लिम्बुका परिवारलाई करिब १५ हजार बरारको ओढ्ने ओछ्याउने, किचनमा प्रयोग हुने सामाग्री प्रदान गरेका छन् भने १४ हजार नगद प्रदान गरे । यस्तै विद्यार्थी मधुमला चौधरीलाई नगद ११ हजार् प्रदान गरीएको स्थानीय रमा तामाङले बताइन ।
आगलागी भएपछि ती परिवारलाई साम्पाङ चौक टोल विकास समिति धरान १५ का अध्यक्ष विजय राईको घरमा उपाध्यक्ष तारा शाक्यको पहलमा राखिएको छ ।
आगलागी हुदा ९७ बर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic