एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता सार्वजनिक कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता

  • फागुन १३, २०८२
  • २,८७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् ।

उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुलहरू सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुलहरुको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

टक्सार बजारको पुरानो ऐतिहासिकता झल्कने गरी सम्पदायुक्त सुन्दर बजारको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् भने मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजारकेन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रुपमा विकास गर्ने योजना समेत राईले अगाडि बढाएका छन् । छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल समेत गर्ने समेत उनको योजना छ ।

किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोग उपलव्ध गराई कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् । किसानहरूका लागि ठूलो समस्याको रुपमा रहेको बाँदर आतंक नियन्त्रणका कुरा समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने राईको अठोट छ ।

गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्ने पहल गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ ।

पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उनको योजना छ ।

भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै “भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान“ भन्ने नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गर्न उनको बाचा छ ।

युवा लक्षित सामूहिक उधमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ । पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने लगायतका विषय स्वास्थ्य सँग समेटेका छन् ।

शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ संघीय शिक्षा÷विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरुपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले सार्वजनिक गरेका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic