जनप्रतिनिधि र प्रहरीले रोक्यो बालविवाह कानुनले निषेध समाजमा प्रचलित

  • जेठ २६, २०७७
  • ३९६ पटक पढिएको
  • छाल खबर
alt

धरान/ सोलुखुम्वुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा भएको बालविवाह रोकिएको छ ।
आइतबार दुलहीको घरमा दुलहासहित जन्ती आएको सूचनाका आधारमा जनप्रतिनिधि र प्रहरीको टोली पुगेर सो बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले वताएकाछन् ।

प्रहरी र जनप्रतिनिधि पुग्दा लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरीएको हो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic