भोजपुरका २२ पसललाई कारोवारमा रोक

  • जेठ २८, २०७७
  • २५९ पटक पढिएको
  • छाल खबर

छाल खवर
जेठ २८
जिल्ला प्रशासन कार्यालय भोजपुरले लकडाउनको समयमा म्याद गुज्रिएका सामग्री विक्री गर्ने खाद्य पसललाई बन्द गर्न निर्देशन दिएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका पसलहरुको छड्ने अनुगमन गर्दा उपभोक्ताले गुनासो गरे अनुसार म्याद गुज्रिएका बस्तु फेला परेपछि विक्रि वितरण रोक्न निर्देशन दिइएको हो ।
भोजपुरमा अखाद्य बस्तुको विक्री वितरण गर्ने पसलहरुलाई तत्काललाई विक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भोजपुरको दावा बलौटेमा रहेको यमुना स्टोर,लक्ष्मी किराना पसल, सदरमुकामा रहेका विद्याधारी किराना पसल,कान्तिपुर किराना पसल, विमार्ट, लगायत २२ वटा पसलको तत्काललाई विक्रीमा रोक लगाएको हो ।
सो पसलहरुमा विक्रिका लागि राखिएका चामल, दाल, तेल, लगायत सामाग्रीमा उपभोग्य मिति, उत्पादन मिति लगायत फेला नपरेपछि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलको भनाई रहेको छ ।
म्याद गुज्रिएको विक्री गरेमा ५० हजार सम्म जरीवाना र ५ वर्ष सम्म जेल सजाय हुन सक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख शिवशंकर मिश्रले बताए ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic