वडा समिति भवन निर्माणमा जुटे नडाहाबासी विकासमा सहयोग गर्न पाउदा मनै हर्षित

  • जेठ २९, २०७७
  • ४,५१६ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ

वडा समिति कार्यालयको भवन निर्माणको लागि वराहक्षेत्र नगरपालिका ३ नडाका स्थानीयवासी कम्मर कसेर लागि परेकाछन् ।
वडा समितिले २०७७ वैशाख २७ गते को वैठकबाट समितिको कार्यालय नडाहामा निर्माण गर्ने निर्णय गरेसँगै त्यसक्षेत्रका वासन्दिा वडा समितिको भवन निर्माणमा आफै कम्मर कसेर लागि परेका हुन ।
करिव ६ कठ्ठा क्षेत्रफल रहेको सो जग्गा मध्ये हाल ६ कोठो पक्कि भवन निर्माण थालिएको छ ।
दुइमहिना भित्र निर्माण सम्पन्न गरी सक्ने तयारीका साथ जुटिरहेको भवन निर्माण समितिका अध्यक्ष केषव पुरीले जानकारी दिनुभएको छ ।करिव २५ लाखको लागतमा निर्माण हुने सो भवनका लागि स्थानीयवासी विद्यालय सहयोगी महानुभावहरु र त्यसक्षेत्रमा घर भई विभिन्न मुलुकमा रोजगारीका लागि वैदेशिक रोजगारीमा रहनुहुने युवाहरुको सहयोग रहदै आएको अध्यक्ष पुरीले वताउनु भएको छ ।
पुरीका अनुसार हालसम्म करिव १५ लाखको सहयोग संकलन भएको र सहयोगीहरुको सहयोग थपिदै आएको छ ।निर्माण पुरा गर्नको लागि सहयोगी हात र मनहरुलाई अध्यक्ष पुरीले अपिल समेत गर्नुभएको छ ।थप सहयोगीहरुको आवस्यक भएको उल्लेख गर्दै सहयोगी मनहरुलाई विकासमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।कसैको सानो सहयोगले कुनै ठाउको विकासले फड्को मार्न सहयोग गर्दछ भने हामीले किन नगर्ने ? उहाको प्रश्न थियो ।
भवन निर्माणका लागि कुनै जाति क्षेत्र,वर्ग, धर्म केही नभनी विकास निर्माण एकमात्र उदेश्य राखेर स्थानीयहरु उत्साहित वनेको वताउदै यो उत्साहले आफूलाई प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो ।
सरकारी क्षेत्रबाट हालसम्म कुनै सहयोग प्राप्त भएको छैन । स्थानीयले आफैले सहयोग संकलन गरेर भवन निर्माण कार्य गर्दै आएकाछन् । हालसम्म कुनै सरकारी सहयोग नभएपनि वडाध्यक्ष रुद्र बहादुर दाहालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको पुरीको भनाई रहेको छ ।यस अघि कार्यालय रहेको स्थान राजधामी चोकबाट नडाहामा कार्यालय सार्नको लागि निकै ठुलो विवाद भएको थियो । विवादका वीचपनि वडाध्यक्ष दाहालले सो नडाहामा कार्यालय सारेर भाडामा सञ्चालन गर्दै आएकाछन् । एक दुइ महिना भित्र नै निर्माण सम्पन्न हुने वित्तिकै कार्यालय आफ्नै भवनमा सञ्चालन अध्यक्ष पुरीको भनाई रहेको छ ।
वडा समितिको भवन निर्माणलाई आफूहरुले आफ्नो क्षेत्रको विकासको आधार ठानेर गास काटेर भएपनि सहयोग गर्दै आएको र आमामी दिनहरुमा पनि सहयोगको लागि कुनै कसर बाकी नराख्ने स्थानीय वासन्दिा तथा स्काई इङलिस स्कुल नडाहाका प्रवन्ध निर्देशक राजन राइले वताए ।
यो कार्यालय निर्माणसँगै यस क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास समेत राईको रहेको छ ।
यता वडाध्यक्ष रुद्रबहादुर दाहालले स्थानीय सरकार कोरोना महामारीमा जुधिरहेको र वडा समितिकै सकृयतामा स्थानीयवासीहरु भवन निर्माण जुटिरहेको वताए ।आवस्यकता अनुसार वडा समितिले पनि भवन निर्माणमा सहयोग गदै जाने प्रतिवद्धता अध्यक्ष दाहालको रहेको छ ।

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic