दुर्घटनामा बालिकाको मृत्यु

  • जेठ ३०, २०७७
  • १३२ पटक पढिएको
  • छाल खबर

जेठ ३०
छाल खवर
गाईघाट÷र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ दुर्घटनाबाट नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।
सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए ।
प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic