उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छः मन्त्री कार्की

  • जेठ ३२, २०७७
  • १,२६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ ३२
विराटनगर। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विसं २०४६ पछिका उच्च राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताउनु भएको छ ।
प्रेस सङ्गठन मोरङले ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल’ विषयक शनिबार आयोजित अन्तक्र्रियामा उनले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेको १७ देखि १८ करोड खर्चको विवरण चाँडै सार्वजनिक गर्ने बताउनु भयो । त्यसभन्दा अगाडि उच्च राजनीतिक तहको सम्पत्ति र भूकम्पमा भएको खर्चको विवरणसमेत सार्वजनिक गर्न दबाब दिनका लागि ‘सुशासनका लागि युवा अभियान’लाई उनले आग्रह गरे।
मन्त्री कार्कीले स्वास्थ्यकर्मीको विज्ञहरुको टोलीको सुझावअनुसार काम भइरहेको उल्लेख गर्दै सरकारले आगामी दिनमा ४० हजार बढीको स्वाब (पिसीआर) परीक्षण गर्ने जानकारी दिनुभयो ।
मन्त्री कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार भएको जिकिर गर्दै स्थानीयस्तरमा निर्माण गरिएका मापदण्डविपरीतका क्वारेन्टिन बन्द गरिने जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको कार्य अन्य प्रदेशको तुलनामा प्रभावकारी देखिएको भन्दै उहाले सरकारको हिसाबकिताब खोज्ने युवाले घरका अभिभावकको पनि हिसाबकिताब खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे र जनता समाजवादी पार्टी मोरङका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउने बढेसँगै बनाइएका होल्डिङ सेन्टर व्यवस्थित नहुँदा सेन्टरमा राखिएका भाग्न थालेकाले व्यवस्थित गर्न माग गनुभएको थियो ।
युवा अभियानकर्मी दिपेश धिमाल र अभिशेष भट्टराईले युवाहरुले सरकारलाई निरन्तर खबरदारी गरिरहने बताउनु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा सञ्जीव शर्मा र पब्लिक स्वास्थ्यविज्ञ डा दीपक यादवले देशभर २१ स्थानमा पिसीआर परीक्षण हुने भए पनि सबैको पिसीआर गर्न सम्भव नभएको बताउनु भयो । ‘सबैको पिसीआर परीक्षण गर्न आवश्यक नभएको पनि उहाले जिकिर गर्नुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइँटेल र प्रेस सङ्गठन मोरङका संयोजक सुदीप कोइरालाले कोभिड–१९ प्रति जनतालाई सचेतना जगाउने कार्यमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए। (रासस)

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गर ...

म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैन

छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेक ...

विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद ...

रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

छाल खवर धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभ ...

रास्वपा धरान नगर अध्यक्षमा सुमन

छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपा ...

सुुनसरी उद्योग बाणिज्य सघंको निर्वाचनमा ‘फर्जी ’

छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic