विपि प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग

  • असार २, २०७७
  • ३३३ पटक पढिएको
  • छाल खबर
alt

सहयोग हस्तान्तरण गर्दै गर्ग प्रतिष्ठानका महासचिव पवन अग्रवाल तथा सहयोग लिदै वीपी प्रष्ठिानका उपकुलपति ज्ञानेन्द्र गिरी

छाल खवर
धरान असार २ ः धरानमा रहेर सामाजिक कार्यगर्दे आएको हरनाम दास वृजलाल गर्ग स्मृती प्रतिष्ठानले धरान स्थित वी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहलाई माक्स तथा मेडिकल चस्मा सहयोग गरेको छ ।
स्वास्थ्यकर्मीहरुलाई कोरानावाट सुरक्षित भई काम गर्न सहज होस भन्ने उदेश्यले सामाग्री वितरण गरीएको हो ।
स्मृति प्रतिष्ठानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको लागी ५ सय पिस केएल नाइटी फायभ ९प्ल्(ढछ ० माक्स र १ सय ५० पिस मेडिकल चस्मा सहयोग गरेको थियो ।
स्मृति प्रतिष्ठानका महासचिव पवन अग्रवालले विपि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्मृति प्रतिष्ठानले यस अघि पनि कोरानाको सक्रमणवाट बच्नका लागि धरान उपमहानगर पालिकाका विभिन्न वडालाई स्वास्थ्य सामाग्री सहित नगद समेत सहयोग गरेको थियो । सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका प्रतिष्ठानका महासचिव अग्रवालले आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्दै जाने जानकारी दिनुभयो ।
स्थापना कालदेखिनै सामाजिक कार्य गर्दै आएको संस्थाले धरान ६ मा सञ्चालनमा रहेको आसरा सुधार केन्द्र निर्माण तथा इलाका प्रहरी कार्यलायमा निमार्णाधिन हिरासत भवनकोका लागी समेत आर्थिक सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic