गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा ताालवन्दी गाउपालिका अध्यक्षले सौतेनी व्यवहार गरेको आरोप

  • असार ५, २०७७
  • ३,३९२ पटक पढिएको
  • छाल खबर
alt

धरान ५ असार÷ आफूहरुले मागेको जति बजेट बिनियोजन नगरेको भन्दै ३ जना वडाध्यक्षले गाउपालिका अध्यक्षको कार्यालयमा तालावन्दी गरेकाछन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले तालाबन्दी गरेका हुन् ।
वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका छन् ।
गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ।
वडा–६ नं ६का वडाध्यक्ष यमप्रकाश मगरले छलफल नै नगरी गाउपालिका अध्यक्षले बजेटको सिलिङ तोकेर पठाएको र आफूहरुलाई वेवास्ता गरेकोले वाध्य भएर तालावन्दी गर्नुपरेको दावी गर्नुभएको छ ।
१० वटा वडा रहेको गाउँपालिकामा वडा नं. ४ मा जनता समाजवादी, वडा नं ५ र ६ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अन्य ७ वटा वडामा तत्कालीन एमालेले जितेको थियो ।
आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुझाए लगत्तै ताला लगाएका हुन्।
तालावन्दी गरेको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो।
असन्तुष्ट वडाध्यक्षहरुले छलफलको माध्यमबाट समस्या समाधानका लागि गाउँपालिकासँग सहकार्य गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष राईले बताइन ।
गाउँपालिकाले ५० लाखका दरले वडामा विगत वर्षहरुमा बजेट विनियोजन गरेको भएपनि यो वर्ष कोरोना रोकथामका लागि गाउँपालिकाले सबै वडामा विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको उपाध्यक्ष राईको भनाई रहेको छ । उनले यो निर्णय बहुमतका आधारमा गरेको नभई कार्यपालिकाले निर्णय गरेको बताइन्।
उपाध्यक्ष राईले वजेटको सिलिङका सम्वन्धमा असन्तुष्ट वडाध्यक्षहरुको मागका सम्वन्धमा छलफल भईरहेको जनाएपनि सहमतिको विन्दुमा भने पुगिनसकेको जानकारी दिनुभयो ।
बुधबार सम्पन्न गाउँ कार्यपालिका बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो।
कोरोनाको कारण अधिकांश स्थानीय निकायले यसै अनुसारको निर्णय गर्दै आएकाछन् ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic