हतियार र विष्फोटक पदार्थ फेला

  • असार ६, २०७७
  • ३८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ असार ÷ भोजपुरमा विष्फोटक पदार्थ र हतियार फेला परेको छ ।
षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको हो ।
भोजपुर प्रहरीले दिएको जानकारी अनुसार एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दिङलाबाट बिहिवार गस्तीमा खटिएको टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।
हतियार र विष्फोटक सामाग्री कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिवन्दित नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द्रको पार्टीको गतिविधि वढेकोले उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic