भौतिक दुरी र पूर्व तयारी जरुरी छ –सभामुख भण्डारी

  • असार ६, २०७७
  • ७६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ६ असार ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यो समयमा भौतिक दुरीसँगै पुर्व तयारी महत्वपुर्ण रहेको भण्डारीले बताउनु भएको छ ।
रुपान्तरण नेपाल सुुनसरीले धरानमा शनिवार आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।
कार्यक्रममा वोल्दै कोरोनाबाट बच्नका लागि डरत्रासले घरमै बस्ने गर्थे अहिले त्रास नरहेको हुँदा झन सङक्रमण फैलन सक्ने बताउउनु भयो । सावधानी अपनाउनु नै प्रमुख उपाय भएको र यसतर्फ सवैजनाले ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
नेपालमा कोरोनाबाट २२ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसकेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसीक रोग विभागका प्रवक्ता डा.निदेश सापकोटाले उक्त तालिममा तनाव के हो ? कसरी सिर्जना हुन्छ ? लक्षणहरु के के हुन ? तनाव कति प्रकारका हुन्छन ? र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा सहजीकरण गर्नुभएको थियो ।
उहाले तनावको पहिलो कारण अनिन्द्रा रहेको बताउँदै तनाव भएमा शारीरिक, मानसिक लक्षण, भावनात्मक लक्षण,र स्वाभाविक लक्षण देखा पर्ने सापकोटाले बताउनु भयो ।
आयोजक संस्थाकी अध्यक्ष सविता राईले दिनरात समाचारका बिषयमा खट्दा निन्द्रा नपुग्ने हुँदा पत्रकारहरूलाई विभिन्न मानसिक समस्याबाट गुज्रिरहनु परेकाले तनाव व्यवस्थापन सहज रूपमा कसरी गर्न सकिन्छ भनेर अभिमुखीकरण कार्यक्रम राखिएको बताउनु भयो ।
धरान क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि कार्यक्रम आयोजना गरीएको थियो ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic