भौतिक दुरी र पूर्व तयारी जरुरी छ –सभामुख भण्डारी

  • असार ६, २०७७
  • ७५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ६ असार ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यो समयमा भौतिक दुरीसँगै पुर्व तयारी महत्वपुर्ण रहेको भण्डारीले बताउनु भएको छ ।
रुपान्तरण नेपाल सुुनसरीले धरानमा शनिवार आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।
कार्यक्रममा वोल्दै कोरोनाबाट बच्नका लागि डरत्रासले घरमै बस्ने गर्थे अहिले त्रास नरहेको हुँदा झन सङक्रमण फैलन सक्ने बताउउनु भयो । सावधानी अपनाउनु नै प्रमुख उपाय भएको र यसतर्फ सवैजनाले ध्यान दिनुपर्नेमा जोडदिनुभयो ।
नेपालमा कोरोनाबाट २२ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसकेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसीक रोग विभागका प्रवक्ता डा.निदेश सापकोटाले उक्त तालिममा तनाव के हो ? कसरी सिर्जना हुन्छ ? लक्षणहरु के के हुन ? तनाव कति प्रकारका हुन्छन ? र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारेमा सहजीकरण गर्नुभएको थियो ।
उहाले तनावको पहिलो कारण अनिन्द्रा रहेको बताउँदै तनाव भएमा शारीरिक, मानसिक लक्षण, भावनात्मक लक्षण,र स्वाभाविक लक्षण देखा पर्ने सापकोटाले बताउनु भयो ।
आयोजक संस्थाकी अध्यक्ष सविता राईले दिनरात समाचारका बिषयमा खट्दा निन्द्रा नपुग्ने हुँदा पत्रकारहरूलाई विभिन्न मानसिक समस्याबाट गुज्रिरहनु परेकाले तनाव व्यवस्थापन सहज रूपमा कसरी गर्न सकिन्छ भनेर अभिमुखीकरण कार्यक्रम राखिएको बताउनु भयो ।
धरान क्षेत्रमा कार्यरत पत्रकारहरुका लागि कार्यक्रम आयोजना गरीएको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic