मकालुमा पहिरो, अरुण नदी आंशिक रुपमा थुनियो

  • असार ७, २०७७
  • ११८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असार÷ संखुवासभाको मकालु गाउँपालिकाको २ वटा वडामा पहिरो झरेर अरुण नदीमा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।
नदीमा पहिरो झरेर वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ ।
पहिरोबाट अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताएकाछन् ।
पहिरोले स्थानीय ललितबहादुर राई र उनका छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ ।
ललितबहादुरको घरमाथिबाट झरेको
पहिरोको कारण स्थानीयहरु त्रसित बनेका छन् । अहिले पनि आंशिकरुपमा पहिरो झरिरहेको प्रहरीको भनाइ छ । घटनाको सम्पूर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रनाउ मल्लको भनाइ छ ।
अरुण थुनिएपछि बहुचर्चित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रसमेत जोखिममा परेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic