मकालुमा पहिरो, अरुण नदी आंशिक रुपमा थुनियो

  • असार ७, २०७७
  • १२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असार÷ संखुवासभाको मकालु गाउँपालिकाको २ वटा वडामा पहिरो झरेर अरुण नदीमा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।
नदीमा पहिरो झरेर वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ ।
पहिरोबाट अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताएकाछन् ।
पहिरोले स्थानीय ललितबहादुर राई र उनका छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ ।
ललितबहादुरको घरमाथिबाट झरेको
पहिरोको कारण स्थानीयहरु त्रसित बनेका छन् । अहिले पनि आंशिकरुपमा पहिरो झरिरहेको प्रहरीको भनाइ छ । घटनाको सम्पूर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रनाउ मल्लको भनाइ छ ।
अरुण थुनिएपछि बहुचर्चित नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रसमेत जोखिममा परेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic