वडा समिति निरंकुश ढंगले चलाएको नेकपाको आरोप

  • असार ८, २०७७
  • १,९६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ असार ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर ं ५ नं वडा कमिटीले वडाको योजना छनौट गर्दा सर्वपक्षिय भेलाबाट गर्न माग गरेको छ ।
नेकपाले सोमवार एक ज्ञापन पत्र वुझाउदै वडा समितिमा सो माग गरेको हो ।
पार्टीका वडा कमिटी अध्यक्ष ज्ञानबहादुर कन्दङ्वा र सचिव गोविन्द महतद्धारा हस्ताक्षरीता विज्ञप्तिमा सो माग गरीएको छ ।
वडा समितिले एकलौटी ढंगले काम गरेको आरोप लगाउदै जनसरोकारका सुविधामा कुनै उल्लेखनीय कार्य गर्न नसकेको आरोप समेत लगाएको छ ।
वडाको काम कार्वाहीबाट वडाभित्र प्रतिपक्ष दल भएको कुरा महशुस नगर्नु,सर्वपक्षीय हितलाई ख्याल गरेर कार्य नगर्नु, योजना छनौटमा एकल ढंगले कार्य गर्नु,सम्पन्न योजनाहरुको सार्वजनिक सुनुवाई नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
योजनातर्जुमा गर्दा टोल बिकास संस्थाको तहबाट छलफल भई छनौट हुनुपर्ने व्यवस्थालाई ठाडो उलंघन हुनु,हालसम्म कुनैपनि सर्वपक्षिय भेलाको आायोजना नहुनु,जनतालाई प्रदान गरीने सेवा सुविधामा पक्षपातपूर्ण ढंगले व्यवहार गर्नु जस्ता कार्यहरुलाई निरन्तरता दिइनुले वडाको काम निरंकुश र तानाशाही ढंगले सञ्चालन हुदैं आएको हामीले महशुस गरेका छौं विज्ञप्तिमा भनिएको छ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि योजना तर्जुमा गर्दा विधिसम्मत टोल विकास संस्थाबाट छनौट भएका योजनाहरु प्रतिपक्ष सहित सर्वपक्षिय भेलाको तत्काल आयोजना गरी योजना छनौटको कार्य गर्नको लागि हामी जोडदार माग गरीएको छ ।
आफ्नो मागलाई वेवास्ता गरेर अघि बढेको खण्डमा कडा आन्दोलन गर्ने र त्यसले श्रृजना गर्ने आँधिवेहोरीको सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयम् वडा समितिले लिनुर्ने चेतावनि समेत दिएको छ ।
५ नं वडामा नेपाली कांग्रेसले जितेको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic