वडा समिति निरंकुश ढंगले चलाएको नेकपाको आरोप

  • असार ८, २०७७
  • १,९७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ असार ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर ं ५ नं वडा कमिटीले वडाको योजना छनौट गर्दा सर्वपक्षिय भेलाबाट गर्न माग गरेको छ ।
नेकपाले सोमवार एक ज्ञापन पत्र वुझाउदै वडा समितिमा सो माग गरेको हो ।
पार्टीका वडा कमिटी अध्यक्ष ज्ञानबहादुर कन्दङ्वा र सचिव गोविन्द महतद्धारा हस्ताक्षरीता विज्ञप्तिमा सो माग गरीएको छ ।
वडा समितिले एकलौटी ढंगले काम गरेको आरोप लगाउदै जनसरोकारका सुविधामा कुनै उल्लेखनीय कार्य गर्न नसकेको आरोप समेत लगाएको छ ।
वडाको काम कार्वाहीबाट वडाभित्र प्रतिपक्ष दल भएको कुरा महशुस नगर्नु,सर्वपक्षीय हितलाई ख्याल गरेर कार्य नगर्नु, योजना छनौटमा एकल ढंगले कार्य गर्नु,सम्पन्न योजनाहरुको सार्वजनिक सुनुवाई नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
योजनातर्जुमा गर्दा टोल बिकास संस्थाको तहबाट छलफल भई छनौट हुनुपर्ने व्यवस्थालाई ठाडो उलंघन हुनु,हालसम्म कुनैपनि सर्वपक्षिय भेलाको आायोजना नहुनु,जनतालाई प्रदान गरीने सेवा सुविधामा पक्षपातपूर्ण ढंगले व्यवहार गर्नु जस्ता कार्यहरुलाई निरन्तरता दिइनुले वडाको काम निरंकुश र तानाशाही ढंगले सञ्चालन हुदैं आएको हामीले महशुस गरेका छौं विज्ञप्तिमा भनिएको छ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि योजना तर्जुमा गर्दा विधिसम्मत टोल विकास संस्थाबाट छनौट भएका योजनाहरु प्रतिपक्ष सहित सर्वपक्षिय भेलाको तत्काल आयोजना गरी योजना छनौटको कार्य गर्नको लागि हामी जोडदार माग गरीएको छ ।
आफ्नो मागलाई वेवास्ता गरेर अघि बढेको खण्डमा कडा आन्दोलन गर्ने र त्यसले श्रृजना गर्ने आँधिवेहोरीको सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयम् वडा समितिले लिनुर्ने चेतावनि समेत दिएको छ ।
५ नं वडामा नेपाली कांग्रेसले जितेको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic