बसमा बम विष्फोट गराएको आरोपमा २ जना पक्राउ

  • असार १०, २०७७
  • १६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः करिव दश वर्ष अघि बसमा बम विष्फोट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रौतहटमा १० वर्ष पहिला यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ ।
२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।
विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic