धरानबाट लागूऔषध सहित तीन पक्राउ

  • असार १०, २०७७
  • ९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १० असरा ः धरानमा लागु औषधको कारोवारोमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सुनसरीको धरान–२० बिष्णुपादुकाबाट लागूऔषध तथा जंगली जनावरको अंग सहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा शहीदभूमि गाँउपालिका–१ घर भई धरान–११ बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँका १९ वर्षीय दिनेश भन्ने सविन राई र उदयपुरको कटारी नगरपालिका–२ ताप्ली घर भइ धरान–११ बस्ने २० वर्षीय सागर राई रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ आउदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोबाट जंगली जनावरको सिङ र प्वाँख भेटिएको थियो ।
टेम्पुको सिटमुनी लुकाई राखिएको अवस्थामा २सय ४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंङ जस्तो देखिने स–साना सिंङ ४ थान र कस्तुरी मृगको सिंङ जस्तो देखिने छालासहितको सिंङ २ थान बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा जंगली जनवारको सिंङ र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ
पछिल्लो समय लागू औषध र गाजा ओसार पसारमा टेम्पोको प्रयोग हुदै आएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic