धरानबाट लागूऔषध सहित तीन पक्राउ

  • असार १०, २०७७
  • ८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १० असरा ः धरानमा लागु औषधको कारोवारोमा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सुनसरीको धरान–२० बिष्णुपादुकाबाट लागूऔषध तथा जंगली जनावरको अंग सहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा शहीदभूमि गाँउपालिका–१ घर भई धरान–११ बस्ने २९ वर्षीय नन्दीमान राई, सोही ठाउँका १९ वर्षीय दिनेश भन्ने सविन राई र उदयपुरको कटारी नगरपालिका–२ ताप्ली घर भइ धरान–११ बस्ने २० वर्षीय सागर राई रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे बिष्णुपादुकाबाट धरानतर्फ आउदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोबाट जंगली जनावरको सिङ र प्वाँख भेटिएको थियो ।
टेम्पुको सिटमुनी लुकाई राखिएको अवस्थामा २सय ४५ ग्राम अवैध लागूऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंङ जस्तो देखिने स–साना सिंङ ४ थान र कस्तुरी मृगको सिंङ जस्तो देखिने छालासहितको सिंङ २ थान बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा जंगली जनवारको सिंङ र पंक्षीको प्वाख आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ
पछिल्लो समय लागू औषध र गाजा ओसार पसारमा टेम्पोको प्रयोग हुदै आएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic