धरानको बजेट १ अर्ब ७२ करोड प्रस्तुत

  • असार १०, २०७७
  • १,३०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७र०७८ को लागि बजेट सार्वजनिक गरेको छ ।

वीपी प्रतिष्ठानको अडोटरियम हलमा आयोजित सातौ नगरसभाबाट सो बजेट सार्वजनिक गरीएको हो ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक बर्षभन्दा करिब ५ अकरोड कम हो । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको छ ।
सुवेदले आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको बजेट प्रस्तुत गरेकी थिइन ।
यस्तै, व्ययतर्फ भने प्रशासनिक खर्चमा ३१ कराड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ भने वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरेकीथिइन ।
नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ भने बिषयगत कार्यक्रमहरु शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको छ ।
शिक्षा युवा तथा खेलकुदतर्फ कुल ३७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ २ करोड २ लाख, आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगको लागि १ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ३८ लाख विनयोजन गरिएको छ भने पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा संचारतर्फ ३० लाख, साहित्य कला र साँस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख, मजदुर कल्याण कार्यक्रमतर्फ ५ लाख बजेट विनियोजन गरिएको छ ।
लामो समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थल जग्गा व्यवस्थापनमा पनि यस पटक बजेट विनियोजन भएको छ । यसतर्फ ८० लाख विनियोजन गरीएको छ । मेयर कोषमा ८० लाख विनियोजन गरीएको छ । कोभिड १९ लगायत महामारी नियन्त्रणको लागि ८० लाख विनियोजन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिप भण्डारी रहनु भएको थियो ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic