हल्दिबारीको गाउँसभामा कुटाकुट

  • असार ११, २०७७
  • २३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ११असारः यतिबेला नगर सभा र गाउसभा बसेर नीति तथा कार्यक्रम बनाउन नगरपालिका र गाउपालिकालाई चटारो भइरहेको बेला एक स्थानीय निकायमा भने गाउसभामा कुटाकुट भएको छ ।
झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । सभामा सहभागी रहेका गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार समेत गरेको बुझिएको छ ।
लिङदेनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित सदस्यहरुले कुर्सी, टेबल पनि भाँचिदिएको प्रत्यक्षदर्शीले बताएकाछन् ।
अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको वताएकाछन् ।
उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् ।
गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरवस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमति सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ रहेको छ ।
यता गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटाले अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको आरोप लगाउदै अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न चुनौती समेत दिएकाछन् ।
ज्ञापन पत्र बुझाउन आएकाहरुसंग विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा विसर्जन नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।
हल्दिबारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका छन् ।

हिबिस्कस स्कुल हाजिरीजवाफमा कञ्चनजङ्घा पहिलो

छाल खवर धरान, २२ कार्तिकः हाजिरीजवाफ प्रतियोगितालाई स्कुलको पहिचान वनाउदै आ ...

‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरा ...

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic