विप्लवका ईञ्चार्ज पेस्तोल र गोलीसहित पक्राउ

  • असार ११, २०७७
  • ४०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असार ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द)का कार्यकर्ताहरु एकपछि अर्को गरेर पक्राउ पर्न थालेकाछन् ।
बुधवार राति ११ बजे इलाका प्रहरी कार्यालय धरानले नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।
इन्चार्ज राईलाई विशेष सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । धनकुटा शहिदभुमी गाउँपालिका–६ का राई बुधबार दिउँसो नै धरान –१५ आएर रामहंस मार्गमा बसेका थिए ।
एक नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले राति ११ बजे टिभी हेरेर बसेका राईलाई पक्राउ गरेको थियो ।
प्रदेश ३ ( ००१ प ६६७ को २०० सी सीको मोटरसाईकल चेकजाच गर्दा पछाडी सिट मुनी मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद भएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएकाछन् ।
उनको साथबाट मेडि इन युएसए अटोमेटिक पेस्तोल एक थान म्याग्जीनमा लोड भएको ३ राउण्ड गोली र, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ ।
राईलाई हातहतियार खरखजना मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।
केही दिन अघि पनि उदयपुर र भोजपुरबाट पनि हतियार सहित विप्लबका कार्यकर्ता परेका थिए

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic