विप्लवका ईञ्चार्ज पेस्तोल र गोलीसहित पक्राउ

  • असार ११, २०७७
  • ३९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असार ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द)का कार्यकर्ताहरु एकपछि अर्को गरेर पक्राउ पर्न थालेकाछन् ।
बुधवार राति ११ बजे इलाका प्रहरी कार्यालय धरानले नेकपा विप्लव समुहको सुनसरी जिल्लाका ईञ्चार्ज रोशन राईलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।
इन्चार्ज राईलाई विशेष सुचनाको आधारमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । धनकुटा शहिदभुमी गाउँपालिका–६ का राई बुधबार दिउँसो नै धरान –१५ आएर रामहंस मार्गमा बसेका थिए ।
एक नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले राति ११ बजे टिभी हेरेर बसेका राईलाई पक्राउ गरेको थियो ।
प्रदेश ३ ( ००१ प ६६७ को २०० सी सीको मोटरसाईकल चेकजाच गर्दा पछाडी सिट मुनी मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद भएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएकाछन् ।
उनको साथबाट मेडि इन युएसए अटोमेटिक पेस्तोल एक थान म्याग्जीनमा लोड भएको ३ राउण्ड गोली र, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको प्रहरीले जनाएको छ ।
राईलाई हातहतियार खरखजना मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।
केही दिन अघि पनि उदयपुर र भोजपुरबाट पनि हतियार सहित विप्लबका कार्यकर्ता परेका थिए

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic