धरानमा दलितको सिट्टी आन्दोलन

  • असार ११, २०७७
  • ३८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ११ असार ः जतिसुकै दवाव दिदापनि सरकार बहिरो भएर वसेकोले धरानका दलितहरुले सरकारलाई चनाखो वनाउन बुधवार सिटटी फुकेर विरोध गरेकाछन् । पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति धरानले बुधवार खबरदारी पूर्ण धर्ना दिएको हो ।
दलितको न्यायको लागि गुहार्दा सरकारको कान बन्द रहेको जस्तो भएपछी सिट्टी फुकेर सरकारलाइ खबरदारी गरिएको संयुक्त दलित संघर्ष समिति धरानका संयोजक गंगा कलिकोटेले बताउनु भयो ।
पश्चिम रूकुमको चौरजहारीमा नवराज बिक सहित ६ जनाको हत्यामा संलग्न दोषीलाई बिभिन्न राजनीतिक आडमा उन्मुक्ती दिन बिभिन्न बहाना बाजी गर्न थालेको हुनाले दोषीलाई हदैँ सम्मको सजायको माग राख्दै सिट्टी जुलुस गरेर सरकारलाइ खबरदरी गरिएको संयोजक कालिकोटेको भनाई रहेको छ । दलित अगुवा , बिभिन्न राजनीतिक दलका दलित नेताहरु , दलित अधिकारकर्मी , जनप्रतिनिधीहरु , २० ओटै वडाका दलित संघ संस्थाहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic