खोटाङका सवै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत अधिकांशको भौतिक पूर्वाधारमा प्राथमिकता

  • असार १२, २०७७
  • २९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
खोटाङ, १२ असार ःवार्षिक रुपमा प्रस्तुत गरीने नीति तथा कार्यक्रम अन्र्तगत खोटाङ जिल्लामा पनि नीति तथा कार्यंक्रम प्रस्तुत भएको छ
जिल्लाका १० वटौ स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आफ्नो भुगोल आर्थिक अवस्था अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।दुइ नगरपालिका मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ ।भने अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
त्यसैगरी ८ गाउपालिका तर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिकाले रु ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले रु ३३ करोड ३० लाख २७ हजार,साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, र ऐसेलुखर्क गाउँपालिकाले रु ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
यता बराहपोखरी गाउँपालिकाले रु २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले रु ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले रु ४८ करोड १८ लाख ५९ हजार बजेट बिनियोजन गरेको छ ।
जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic