आगलागीमा बालिकाको मृत्यु

  • असार १५, २०७७
  • ४७ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५,असार ः वर्षादको समयमा पनि आगलागीका घटना बढन थालेको छ ।भोजपुरको अरुण गाउँपार्लिाका–३ प्याउलीमा आगलागीबाट बालिकाको ज्यान गएको छ ।
भोजपुर प्रहरीले दिएको जानकारी ज्यान गुमाउनेमा स्थानीय कर्णबहादुर कार्कीकी तीन वर्षीया नातिनी विष्णुमाया कार्की रहेकीछिन् ।
उनको घरमा भएको आगलागी परि विष्णुमाया घाइते भएकीथिइन ।
आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।
विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब रु १७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

 

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गर ...

म एमालेमै आबद्ध छु, कसैले मेरो सदस्यता खान सक्दैन

छाल खवर धरान,९ साउनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेक ...

विद्याले एमाले निर्णयको प्रतिवाद गर्ने

छाल खवरकाठमाडौं,९साउनः पार्टी राजनीतिमा सकृय हुन खोजेकी पूर्वराष्ट्रपति विद ...

रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

छाल खवर धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभ ...

रास्वपा धरान नगर अध्यक्षमा सुमन

छाल खवर धरान,२८, असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपा ...

सुुनसरी उद्योग बाणिज्य सघंको निर्वाचनमा ‘फर्जी ’

छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वा ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic