विराटचौकमा आगलागी, ६ जना घाइते

  • असार १५, २०७७
  • २३६ पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१५ असार ःमोरङको सुन्दरहरैचा नगरपालिकामा आइतवार आगलागी हुदा ६जना स्थानीय घाइते भएकाछन् ।
वडा नं. १२ स्थित विराटचौकमा आगलागी हुदा उनीहरु घाइते भएकाहुन ।
विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिणपट्टि रहेको अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल, रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटल र मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घरमा आगलागी भएको हो ।
आगलागीबाट टिनको छानो भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । उनीहरुको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार भै रहेको र गम्भीर घाईते खगेन्द्र प्रसाद लुईटेल, छत्र थापा र गोबिन्द अधिकारी तीन जनालाई थप उपचारको लागि नोबेल हस्पिटल पुर्याईएको स्थानीयवासी थर्कमान श्रेष्ठले जानकारीदिएकान ।
आगलागी के कारणले भएको भन्ने यकीन भै नसकेको, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगो सुन्दरहरैचा, बेलबारी, इटहरीकोे दमकल र स्थानियको सहायताबाट आगलागी नियन्त्रणमा लिएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic