विराटचौकमा आगलागी, ६ जना घाइते

  • असार १५, २०७७
  • २४३ पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१५ असार ःमोरङको सुन्दरहरैचा नगरपालिकामा आइतवार आगलागी हुदा ६जना स्थानीय घाइते भएकाछन् ।
वडा नं. १२ स्थित विराटचौकमा आगलागी हुदा उनीहरु घाइते भएकाहुन ।
विराटचौक स्थित पुर्वपश्चिम लोकमार्गको दक्षिणपट्टि रहेको अर्चना पोख्रेलले सञ्चालन गरेको पोख्रेल स्टाप होटल, रमेश डङ्गोलले सञ्चालन गरेको धनकुटे समिर स्टाप होटल र मन्दिरा न्यौपानेले सञ्चालन गरेको ए वान खाजा घरमा आगलागी भएको हो ।
आगलागीबाट टिनको छानो भएको ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । उनीहरुको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार भै रहेको र गम्भीर घाईते खगेन्द्र प्रसाद लुईटेल, छत्र थापा र गोबिन्द अधिकारी तीन जनालाई थप उपचारको लागि नोबेल हस्पिटल पुर्याईएको स्थानीयवासी थर्कमान श्रेष्ठले जानकारीदिएकान ।
आगलागी के कारणले भएको भन्ने यकीन भै नसकेको, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगो सुन्दरहरैचा, बेलबारी, इटहरीकोे दमकल र स्थानियको सहायताबाट आगलागी नियन्त्रणमा लिएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic