ट्रक दुर्घटना चालकको मृत्यु

  • असार १६, २०७७
  • ८१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धनकुटा,१६ असार ःधनकुटामो सागुरीस्गढी–६ कार्कीछापमा ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनाबाट कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्‍याई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic