बन्चरो प्रहारगरी छोराद्धारा बाबुको हत्या

  • असार १७, २०७७
  • २६० पटक पढिएको
  • छाल खबर

छाल खवर
मोरङ, १७ असार ः मोरङमा घरायसी विवादमा नावालक छोराले बाबुको हत्या गरेकाछन् ।
घरायसी विवादका कारण मोरंगको जहदाँ गाँउपालिकामा बालकले आफनै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आमालाई नियमित कुटपिट र दुःख दिएको सहन नसकी १५ वर्षीय नाबालकले बुबालाई बन्चरो प्रहार गरेको मोरङप्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार १५ वर्षीय छोराले ४० वर्षीय बुबा विर्जु टुडुमाथि बन्चरो प्रहार गरेका थिए ।
शनिबार विहान विर्जुको टाउकोमा बन्चरो प्रहार गरेर फरार रहेका नाबालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको थियो ।
घाइते विर्जुलाई आर्थिक अवस्था कमजोर भएका कारण परिवारले अस्पतालमा आवस्यक उपचार गराउन नसकेपछि आइतवार नै घर फर्काएको थियो ।विर्जुको सोमबार घरमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए।
त्यसैगरी पक्राउ परेका नाबालकले आमालाई सधैं कुटपिट गर्ने र दुःख दिने गरेकाले बाबुलाई बन्चरोले प्रहार गरेको प्रहरीलाई बताएका छन्।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic