बन्चरो प्रहारगरी छोराद्धारा बाबुको हत्या

  • असार १७, २०७७
  • २२३ पटक पढिएको
  • छाल खबर

छाल खवर
मोरङ, १७ असार ः मोरङमा घरायसी विवादमा नावालक छोराले बाबुको हत्या गरेकाछन् ।
घरायसी विवादका कारण मोरंगको जहदाँ गाँउपालिकामा बालकले आफनै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आमालाई नियमित कुटपिट र दुःख दिएको सहन नसकी १५ वर्षीय नाबालकले बुबालाई बन्चरो प्रहार गरेको मोरङप्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार १५ वर्षीय छोराले ४० वर्षीय बुबा विर्जु टुडुमाथि बन्चरो प्रहार गरेका थिए ।
शनिबार विहान विर्जुको टाउकोमा बन्चरो प्रहार गरेर फरार रहेका नाबालकलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको थियो ।
घाइते विर्जुलाई आर्थिक अवस्था कमजोर भएका कारण परिवारले अस्पतालमा आवस्यक उपचार गराउन नसकेपछि आइतवार नै घर फर्काएको थियो ।विर्जुको सोमबार घरमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए।
त्यसैगरी पक्राउ परेका नाबालकले आमालाई सधैं कुटपिट गर्ने र दुःख दिने गरेकाले बाबुलाई बन्चरोले प्रहार गरेको प्रहरीलाई बताएका छन्।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic