प्रदेश १ मा पाठ्यक्रममा एकरुपता

  • असार १७, २०७७
  • ३१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

विराटनगर,१७ असार ः विद्यालयवीचमा नै पाठ्यक्रा फरक फरक रहेको बेला प्रदेश १ सरकारले भने स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने कार्यको शुरुवात गरेको छ ।
स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार स्थानीय क्षेत्रलाई भए अनुसार पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएकाछन् ।
मन्त्री घिमिरेका अनुसार स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको कामलाई थप सहजीकरण गर्ने उद्देश्यले अध्ययन भइरहेको छ ।
कार्यदलले बुधबार सामाजिक विकास मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयले शिक्षा विज्ञ अशोककुमार कालाखेतीको संयोजकत्वमा स्थानीय पाठ्क्रम निर्माण कार्यदल गठन गरि अध्ययन गरेको थियो ।
कार्यदलले योग र स्वस्थ जीवन शैली, पेशा, व्यवसाय र प्रविधि, सुरक्षा र विपद् व्यवस्थापन, मर मेरो स्थानीय तह, हाम्रो संस्कार र संस्कृति, हाम्रो नैतिक मूल्य, मान्यता र सदाचार नमूना स्थानीय पाठ्यक्रमका क्षेत्र निर्धारण गरेर प्रतिवेदन बुझाएको संयोजक अशोककुमार कालाखेतीले बताए।
कार्यदललाई सामाजिक विकास मन्त्रालयले विभिन्न स्थानीय तह तथा निकायले विकास गरेको स्थानीय पाठ्यक्रमहरुको अध्ययन तथा अनुसंधान गर्ने, प्रदेशको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक विशिष्टता तथा आवस्यकताहरुको विश्लेषण गरी प्रदेशले विकास गर्ने नमूना स्थानीय पाठ्यक्रमका विषयहरु निर्धारण गर्ने, आफ्नो विषय क्षेत्रमा रहेको नमूना पाठ्यक्रमको प्रारम्भिक मस्यौदा लेखन गर्ने, प्रारम्भिक मस्यौदा उपर विज्ञ तथा सरोकारवालासँग छलफलगरि सुझाव लिने, सुझावका आधारमा अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको छ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic