प्रदेश १ मा पाठ्यक्रममा एकरुपता

  • असार १७, २०७७
  • २८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

विराटनगर,१७ असार ः विद्यालयवीचमा नै पाठ्यक्रा फरक फरक रहेको बेला प्रदेश १ सरकारले भने स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने कार्यको शुरुवात गरेको छ ।
स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार स्थानीय क्षेत्रलाई भए अनुसार पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएकाछन् ।
मन्त्री घिमिरेका अनुसार स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको कामलाई थप सहजीकरण गर्ने उद्देश्यले अध्ययन भइरहेको छ ।
कार्यदलले बुधबार सामाजिक विकास मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयले शिक्षा विज्ञ अशोककुमार कालाखेतीको संयोजकत्वमा स्थानीय पाठ्क्रम निर्माण कार्यदल गठन गरि अध्ययन गरेको थियो ।
कार्यदलले योग र स्वस्थ जीवन शैली, पेशा, व्यवसाय र प्रविधि, सुरक्षा र विपद् व्यवस्थापन, मर मेरो स्थानीय तह, हाम्रो संस्कार र संस्कृति, हाम्रो नैतिक मूल्य, मान्यता र सदाचार नमूना स्थानीय पाठ्यक्रमका क्षेत्र निर्धारण गरेर प्रतिवेदन बुझाएको संयोजक अशोककुमार कालाखेतीले बताए।
कार्यदललाई सामाजिक विकास मन्त्रालयले विभिन्न स्थानीय तह तथा निकायले विकास गरेको स्थानीय पाठ्यक्रमहरुको अध्ययन तथा अनुसंधान गर्ने, प्रदेशको भाषिक, सांस्कृतिक, भौगोलिक, सामाजिक विशिष्टता तथा आवस्यकताहरुको विश्लेषण गरी प्रदेशले विकास गर्ने नमूना स्थानीय पाठ्यक्रमका विषयहरु निर्धारण गर्ने, आफ्नो विषय क्षेत्रमा रहेको नमूना पाठ्यक्रमको प्रारम्भिक मस्यौदा लेखन गर्ने, प्रारम्भिक मस्यौदा उपर विज्ञ तथा सरोकारवालासँग छलफलगरि सुझाव लिने, सुझावका आधारमा अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको छ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic