युएन कलेजले लियो नवोदय स्कुल

  • असार १८, २०७७
  • ४,३४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असार ःधरान १६ स्थित युएन नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको सम्पूर्ण स्वमित्व ग्रहण गरेको जनाएको छ।
छोटो समयमा होटल म्यानेजमेन्टको क्षेत्रमा प्रदेश १ मै लोकप्रियता कमाउन सफल कलेजले सो विद्यालयको स्वामित्व ग्रहण गरेको हो ।
कलेजले सोही वडामा अवस्थित नवोदय माविको स्वामित्व ग्रहणसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन गर्नै कलेजका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताउनु भएको छ ।
उहाले विहिवार आयोजित पत्रकार सम्मेलनमा नवोदय स्कुलको युनिफर्म नयाँ व्यवस्थापन समितिले परिवर्तन गर्ने कुराको जानकारी दिदै सबै विद्यार्थिहरुलाई यसै शैक्षिक शत्रमा निःशुल्क युनिफर्म उपलब्ध गराउने समेत बताउनु भयो । धरानको पुराना विद्यालय मध्येमा गणना हुने सो विद्यालय २०४५ सालमा स्थापना भएको थियो ।नवोदय मावि यसअघि गजेकोन्द्र आचार्यको स्वामित्वमा रहेको थियो ।
पत्रकार सम्मेलनमा कलेज सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झा ले स्कुल र कलेजले शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा ब्याबहारीक शिक्षालाई प्राथमिकता दिने बताउनु भयो ।
सरकारले उच्च तह मात्र सञ्चालन गर्न नपाउने नीति ल्याएपछि युएन कलेजले माध्यामिक विद्यालय लिन पर्ने वाध्यता परेको थियो ।कलेज सञ्चालनका लागि स्कुल तहपनि हुनु पर्ने सरकारले नीति ल्याएकोले विद्यालय समेत लिइएको कलेजका सञ्चालक सुमन बास्कोटाले बताउनु भयो । उहाले बारम्वारको छलफल पछि स्वामित्व लिनका सहमति भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो हामी पहिला देखि नै आन्तरीक छलफलमा थियो । अहिले आएर सहमतिमा पुगियो त्याही विषय हामीले सवैमा विचमा जानकारीका लागि सार्वजनिक गरेका हौं ।
कलेज तर्फ छोटो समयमा सफलता हासिल गर्न सफल कलेजले विद्यालयतर्फ भने कसरी अघि बढने हो त्यो भने परिणाम पर्खिनै बाकी छ ।
होटल म्यानेजमेन्टको क्षेत्रको रोजाईमा युएन चर्चामा रहेको छ ।
कलेज सञ्चालन गरेका तर स्कुल नभएका अन्य कलेजहरुले समेत विद्यालय सञ्चालनका लागि आन्तरीक तयारी गरीरहेकाछन् ।
धरानमा अन्य कलेजपनि विद्यालयको सञ्चालनको तयारी गरीरहकेका वताईको छ ।

 

 

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic