युएन कलेजले लियो नवोदय स्कुल

  • असार १८, २०७७
  • ४,३८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असार ःधरान १६ स्थित युएन नवोदय कलेजले नवोदय विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलको सम्पूर्ण स्वमित्व ग्रहण गरेको जनाएको छ।
छोटो समयमा होटल म्यानेजमेन्टको क्षेत्रमा प्रदेश १ मै लोकप्रियता कमाउन सफल कलेजले सो विद्यालयको स्वामित्व ग्रहण गरेको हो ।
कलेजले सोही वडामा अवस्थित नवोदय माविको स्वामित्व ग्रहणसँगै यस शैक्षिक सत्रबाट युएन कलेजको मातहत स्कुल सञ्चालन गर्नै कलेजका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताउनु भएको छ ।
उहाले विहिवार आयोजित पत्रकार सम्मेलनमा नवोदय स्कुलको युनिफर्म नयाँ व्यवस्थापन समितिले परिवर्तन गर्ने कुराको जानकारी दिदै सबै विद्यार्थिहरुलाई यसै शैक्षिक शत्रमा निःशुल्क युनिफर्म उपलब्ध गराउने समेत बताउनु भयो । धरानको पुराना विद्यालय मध्येमा गणना हुने सो विद्यालय २०४५ सालमा स्थापना भएको थियो ।नवोदय मावि यसअघि गजेकोन्द्र आचार्यको स्वामित्वमा रहेको थियो ।
पत्रकार सम्मेलनमा कलेज सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झा ले स्कुल र कलेजले शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा ब्याबहारीक शिक्षालाई प्राथमिकता दिने बताउनु भयो ।
सरकारले उच्च तह मात्र सञ्चालन गर्न नपाउने नीति ल्याएपछि युएन कलेजले माध्यामिक विद्यालय लिन पर्ने वाध्यता परेको थियो ।कलेज सञ्चालनका लागि स्कुल तहपनि हुनु पर्ने सरकारले नीति ल्याएकोले विद्यालय समेत लिइएको कलेजका सञ्चालक सुमन बास्कोटाले बताउनु भयो । उहाले बारम्वारको छलफल पछि स्वामित्व लिनका सहमति भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो हामी पहिला देखि नै आन्तरीक छलफलमा थियो । अहिले आएर सहमतिमा पुगियो त्याही विषय हामीले सवैमा विचमा जानकारीका लागि सार्वजनिक गरेका हौं ।
कलेज तर्फ छोटो समयमा सफलता हासिल गर्न सफल कलेजले विद्यालयतर्फ भने कसरी अघि बढने हो त्यो भने परिणाम पर्खिनै बाकी छ ।
होटल म्यानेजमेन्टको क्षेत्रको रोजाईमा युएन चर्चामा रहेको छ ।
कलेज सञ्चालन गरेका तर स्कुल नभएका अन्य कलेजहरुले समेत विद्यालय सञ्चालनका लागि आन्तरीक तयारी गरीरहेकाछन् ।
धरानमा अन्य कलेजपनि विद्यालयको सञ्चालनको तयारी गरीरहकेका वताईको छ ।

 

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic