फाउण्डेनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने

  • असार १९, २०७७
  • १८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान , १९ असार ः लक डाउनको अवधिमा हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको जनाएको छ ।
कोराना वाहेकका अन्य रोगका विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।
फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको थियो भने सामाजिक सञ्जाल मार्फत १ सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए ।
लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने वताए ।
सामाजिक सञ्चाल (फेसबुक)वाट भने सेवा निरन्तर रहने जानकारी दिदै फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने व्यवस्था रहेको वताए । अस्पतालहरुले ओपिडि सेवा शुरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममावाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले वताए ।
चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic