९३ वर्षको उमेरमा नागरिकता

  • असार १९, २०७७
  • ९० पटक पढिएको
  • छाल खबर

छाल खवर
भोजपुर,१९ असार ःनेपाली नागरीकता लिन पाउने उमेर कति हो भन्ने प्रश्नको उत्तर सहज रुपमा दिन सक्छन १६ वर्ष भनेर तर भोजपुरमा एउटा नपत्याउने घटना भएको छ ।
भोजपुरको अरुण गाउँपालिकामा एकजना वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन्।
शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको थियो ।
स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए।
भोजपुरका संघीय सांसद सुदन किराँतीको निर्देशन पश्चात्सत सार्कीलाई दिने भनिएपनि लकडाउनका कारण ढिला भएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । नागरीकता नागरीकले पाउने नैसर्गिक अधिकार भएकाले नागरिकता वितरण गरेर राज्यबाट पाउने सेवा सुविधाका लागि पहल गर्ने किरातीले आस्वासन दिएका थिए ।
सार्कीलाई नागरिकता वितरणका लागि सांसद किराँती पनि बुधबार प्याउली पुगेका थिए।
हेरचाह गर्ने अन्य कोही नभएकाले अधिकारकर्मीको अगुवाइमा सार्कीलाई मानव सेवा केन्द्र विराटनगर लैजाने तयारी गरिएको अधिकारकर्मी सम्झना प्रधानले जानकारी दिइन ।
लामो समयदेखि सडकमा बसेर मागेर खाँदै आएका सार्कीलाई अरुण गाउँपालिका– २ को सिफारिसमा वंशजका आधारमा नागरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले जानकारी दिए।

उनले आफ्नो नाम बताउन नसक्ने भएकाले स्थानीयले बोलाउँदै आएको लाटा सार्कीको नाममा नागरिकता दिएको उनको भनाइ थियो।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic