टोल टोलमा शिक्षक खटाएर विद्यार्थी पढाउने गाउपालिकाको निर्णय

  • असार २५, २०७७
  • ४३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
२५ असार, खोटाङ ः लकडाउनका कारण करिव चार महिनादेखि वन्द रहेको शैक्षिक संस्था साउन ७ गतेदेखि सञ्चालन हुने भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले चार महिनादेखि शैक्षिक संस्था बन्द गराएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय मा गाउपालिका पुगेको हो ।
गाउपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्न लागिएको हो ।
पहाडी क्षेत्रमा सवैको इन्टरनेटमा पहुँच नभएको र लामो समयको बन्दाबन्दीले विद्यार्थीमा पढ्ने बानी हट्दै गएकाले सामाजिक दूरी कायम गर्दै साउन ७ गतेबाट टोलटोलमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको अध्यक्ष राईको भनाई रहेको छ ।
पठनपाठन गर्न र गराउनका लागि साउन ३ गते भित्र गाउपालिकाका अनिवार्य उपस्थित हुन समेत निर्देशन दिईएको समेत राईले जानकारी दिनुभएको छ । आफ्नो जिल्ला भदा बाहिर रहेका शिक्षकहरुलाई गाउँपालिकामा झिकाएर अनिवार्यरूपमा आरडिटी गरिने र आरडिटी रिर्पोट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय समेत गाउपालिकाले गरेको छ ।
तर गाउँपालिकाभित्रै रहेका शिक्षकको भने आरडिटी गर्नुपर्ने छैन । गाउँ शिक्षा समितिका सदस्य एवं महेन्द्रोददय माविका प्रधानाध्यापक केशवकुमार खड्काका अनुसार साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्नुपर्नेछ ।
सो अवसरमा शिक्षकहरुले टोलटोलमा पुगेर विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अद्यावधिक लगायतका क्रियाकलाप गर्ने कार्य गर्नुपर्नेछ ।
शिक्षक र विद्यार्थीको सम्पर्कका माध्यमबाट विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै नियमित पठनपाठन सञ्चालन गर्न टोलटोलमा जाने निर्णय गाउपालिकाले गरेको हो ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिनेछ । सात वटा वडामात्रै रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि नै निःशुल्करुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको थियो ।
टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरूपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा भने अहिलेसम्म कुन उपाय अपनाएर पठनपाठन सञ्चालन गर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । दश स्थानीय तह रहेको जिल्लामा ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
यस विषयमा विद्यालय व्यवस्थापन समिति र अभिभावक समेतले सर्मथन जनाएकाछन् ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic