विपन्न वाढी तथा लकडाउन पिडितलाई राहत प्रदान

  • असार ३१, २०७७
  • २३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असार ः धरानका बाढी पिडित तथा लकडाउन पिडिलाई अति विपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा उनीहरुलाई राहत वितरण गरिएको हो ।

नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव एवम् प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्वाञ्चल संयोजक सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका ५ नं. वडा, ८ नं. वडा र १३ नं. वडाका अति विपन्न बाढी पिडित र लकडाउन पिडित ४० परिवारलाई १० किलो चामाल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको छ ।

बाढी र लामो समयको लकडाउनवाट अक्रान्त बनेका विपन्न र पिडितहरुलाई आवश्यक खाद्यन्न सामाग्री प्रदान गरी उच्च मानवीय कार्य गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, न्यूयोर्क, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, हाल अमेरिकामा रहनुभएका ग्रामिण क्लब हाउस इटहरीका अध्यक्ष मुकुन्द सुवेदी र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलाई प्रमुख अतिथि तामाङले विशेष धन्यवाद दिएका छन् ।

ग्रामिण क्लब हाउसका महासचिव धर्मप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले तामाङ, ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, ८ नं. वडा अध्यक्षका प्रत्यासी नन्दराज राई, नेपाली कांग्रेसका १३ नं. वडाका सभापति डम्वर तामाड.लगायतयको उपस्थिति रहेको थियो ।

‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरा ...

देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वा

छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? ...

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic